अन्नपूर्ण माध्यमिक विद्यालयको ५३औ वार्षिक उत्सव एवं अभिभावक दिवस भव्य रुपमा सम्पन्न

अन्नपूर्ण माध्यमिक विद्यालयको ५३औ वार्षिक उत्सव एवं अभिभावक दिवस भव्य रुपमा सम्पन्न

परिबर्तन न्युज
६ पुष २०८१ बजे
परिबर्तन न्युज
६ पुष २०८१

पौष ६ पोखरा

पोखरा महानगरपालिका वडा न.१६ मा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालय अर्मलाले ५३औ वार्षिक उत्सव अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम र ज्ञान महायज्ञ २०६८ को दानदाताहरूको शिलालेखमा नाम अनावरण एवं दानदाताहरूको नामावली सहितको पुस्तिका विमोचन कार्यक्रम आज सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमन काजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कर्णबहादुर गुरुङ, कुलप्रसाद भट्टराई र शिर कुमारी गुरुङको संयुक्त प्रमुख आतित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा महानगर शिक्षा शाखाका अधिकृत जीवनप्रसाद रेग्मी, ज्ञान महायज्ञका सहसंयोजक तेजबहादुर गुरुङ लगायत स्थानीय बुद्धिजीवी, विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष, चन्दादाता अभिभावकहरूको समउपस्थितिमा भएको कार्यक्रमलाइ विद्यालयका शिक्षक हुमा चापागाईं र  ज्ञान महायज्ञका महासचिव एवं पूर्व  प्रधानाध्यापक मोहन बहादुर जि सी ले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो।

 

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज