रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

परिबर्तन न्युज
२ माघ २०८१ बजे
परिबर्तन न्युज
२ माघ २०८१

माघ २ , काठमाडौं

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

Advertisement:Ad

काठमाडौँ स्वर्णलक्ष्मी सहकारीका रकम अपचलन गरेको अभियोग मा बुधबार थुन्छेक बहसपछि न्यायाधीश अधिकारीले धरौटीमा छाड्न आदेश दिनुभएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटी तिरेर छुट्नु भएको रवि लामिछानेलाई काठमाडौँ स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब २९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ अपचलन भएको आरोपमा उहाँ सहित ३९ जनाको मुद्दा दर्ता भएको थियो।

करिब तीन महिना प्रहरी हिरासतमा बसेपछि जिल्ला अदालत कास्कीले रबि लामिछानेलाई धरौटीमा रिहा गरेर बाहिर बसेरै मुद्दा लड्ने सुविधा दिएको थियो भने आज पनि काठमाडौँ जिल्ला अदालतले पनि बाहिर बसेरनै मुद्दा लड्ने सुविधा दिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज