Top Header Ad 1

आँगन वहुउदेश्यीय सहकारी संस्थाद्वारा महिलाको पाठेघरको मुखमा देखिने क्यान्सरको निशुल्क परिक्षण शिविर:सय जना महिला लाभान्वित

आँगन वहुउदेश्यीय सहकारी संस्थाद्वारा महिलाको पाठेघरको मुखमा देखिने क्यान्सरको निशुल्क परिक्षण शिविर:सय जना महिला लाभान्वित

परिबर्तन न्युज
२४ माघ २०८१ बजे
परिबर्तन न्युज
२४ माघ २०८१

माघ २४, पोखरा

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुदा रोग निवारण संस्था कास्की र आँगन वहुउदेश्यीय सहकारी संस्थाले संयुक्तरुपमा महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर रोगको निशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ ।

Advertisement:Ad

बरिष्ठ स्त्रीरोग विषेशज्ञ छममाया पुन नेत्रित्वको टोलीबाट १०० जना महिलाहरुको स्वास्थ्य परिक्षाण गरिएको शिविरमा  सहभागीहरुको समस्या पहिचान गरि आवश्यकता अनुसार निशुल्क औषधि वितरण तथा थप उपचारका लागि रिफर गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान्सर जस्तो प्राणघातक रोग नियन्त्रण गर्न नियमित स्वास्थ्य जाँच आवश्यक रहेको बताउनु भयो । पाटेघरको मुखमाहुने क्यान्सरका बारेमा पर्याप्त जानकारी नहुदा लाखौ महिला दिदिवहिनिहरु पिडित हुनुपरेको अध्यक्ष कार्कीले बताउनु भयो ।

आयोजक संस्था आँगन वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण लामाले सहकारी संस्थाहरुले नियमित कामका अलवा सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने औल्याउदै सहकारीले भविश्यमा स्वास्थ्यका साथै शिक्षा, सिपमुलक तालिम तथा लोक कल्याणकारी क्षेत्रमा गर्ने जानकारी दिनु भयो ।

नेपाल अर्वुदा रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर निवारणका क्षेत्रमा सक्रिय रबि बराल, आँगन वहुउदेश्यीय सहकारी संस्थाका कोषाध्क्ष मधुसुदन देवकोटा, रामप्रसाद वास्ताकोटी, झलक पोखरेल लगायतले क्यान्सर लगायत कयौ रोगहरुको नियन्त्रणका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज