बिन्ध्यस्वरी युवा क्लब द्वारा आयोजित २७औ भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज तनहुँको पोल्टामा

बिन्ध्यस्वरी युवा क्लब द्वारा आयोजित २७औ भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज तनहुँको पोल्टामा

परिबर्तन न्युज
१० फाल्गुन २०८१ बजे
परिबर्तन न्युज
१० फाल्गुन २०८१

फागुन १०, पोखरा

फागुन ७ गतेदेखि पोखरा महानगरपालिका वार्ड नं.१९ पुरुन्चौर तल्लाकोटमा रहेको बिन्देश्वरी युवा क्लबले सञ्चालन गरेको भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज तनहुँको पोल्टामा परेको छ ‌

Advertisement:Ad

रोमाञ्चक फाइनल भिडन्तमा ठकुरी समाज तनहुले हिमाली डाँफे करुवालाई लाई पराजित गर्दै भलिबल प्रतियोगिताको फाईनल उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो।

फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक तरिकाले भएको थियो। पहिलो र दोस्रो सेट लगातार  जित निकालेको ठकुरी समाजले आक्रामक खेल प्रदर्शन गर्दै दुवैपटक झिनो स्कोरको फरकमा जित हात पारेको हो।

विजेता टिम ठकुरी समाज  र उप बिजेता टिम हिमाली डाँफे दुबै टीमलाई नगद पुरस्कार रकम/ट्रफी प्रदान गरियो भने विषयगत रूपमा उत्कृष्ट खेलाडी सहित अन्य बिधामा उत्कृष्ट खेलाडीहरूलाई उपाधि प्रदान गरिएको थियो। खेल समापनसँगै समर्थकहरू खुसीले झुमेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज