पोखरा पुम्दीकोट लगायत बिभिन्न महादेवको देवस्थलमा आज विहानै देखि भक्तजनहरूको अत्याधिक भिडले सडक नै जाम

पोखरा पुम्दीकोट लगायत बिभिन्न महादेवको देवस्थलमा आज विहानै देखि भक्तजनहरूको अत्याधिक भिडले सडक नै जाम

परिबर्तन न्युज
१४ फाल्गुन २०८१ बजे
परिबर्तन न्युज
१४ फाल्गुन २०८१

फागुन १४, पोखरा

पोखरा पुम्दीकोट बिशाल महादेवको मुर्ति भएको स्थानमा गत ७ गतेदेखि महायज्ञ भइरहेको छ। आज महायज्ञ र महाशिवरात्री दुबै भएको हुनाले विहानै देखिन भक्तजनहरूको अत्याधिक भिड लागेको ले सडक नै जाम भएको छ ।

Advertisement:Ad

पर्यटकीय स्थान पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्तिसंगै एक सय ८ शिवलिङमा दुध चढाउने र दर्शन सहित यहायज्ञमा पनि सहभागि हुन आज बिहानै देखि दर्शनार्थीहरुको अत्याधिक भिड लागेको पुम्दी कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हामीलाई जानकारी दिनुभयो ।हिन्दुहरूको महान पर्वको रुपमा रहेको शिवरात्रीको शुभ उपलक्ष्यमा नव आदर्श सामुदायिक प्रतिष्ठानको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको कलश यात्रा यस वर्ष पनि भएको छ।

नव आदर्श सामुदायिक प्रतिष्ठान ले गरेको कार्यक्रम अनुसार आजकै दिन हजारौँ स्थानीय भक्तजनहरूको उपस्थितिमा पोखराका महानगरपालिका वार्ड न. १६ र २० भित्र रहेका कणेश्वर शिवालयको मन्दिर, सर्वेश्वर शिवालयको मन्दिर ,सुरथेश्वर शिवालयको मन्दिर ,जलेश्वर शिवालयको मन्दिर र महेन्द्रेश्वर सिबालय मन्दिरहरूमा कलश यात्रा सहित मन्दिर परिक्रमा र दर्शन गरि अर्घ चढाउने कार्यक्रम सम्पन्न गरेको छ।

त्यस्तैगरी लमजुङको कर्पुटारमा पनि भक्तजनहरूको धेरै भिड लागेको छ। धेरैजसो बाहिरबाट आउने धर्मालम्बीहरू भएको हुनाले बाटोमै गाडीहरू रोक्न परेको जानकारी प्राप्त भएको छ।

कर्पुटारमा भएका सन्तानेश्वर महादेवको मन्दिरलाई सन्तान नभएकाहरूले सन्तान पाउ भनेर भाकल गरेकाहरुले ठाडाबत्ती बालेर रातभरि जागराम बसेमा सन्तान पाउने आस पुरा गर्ने महादेवको रूपमा लिइन्छ भने परिवारको सुख होस् भनेर पारिवारिक सुख होस् भनेर सामान्य बत्ती बसेर बाल्ने गर्नुहुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज