सम्मानित उच्च अदालतले खारेज गर्न नपर्ने भनेपछि ऐतिहासिक कोटी होम महायज्ञ सोही स्थानमा हुने पक्का

सम्मानित उच्च अदालतले खारेज गर्न नपर्ने भनेपछि ऐतिहासिक कोटी होम महायज्ञ सोही स्थानमा हुने पक्का

परिबर्तन न्युज
२० फाल्गुन २०८१ बजे
परिबर्तन न्युज
२० फाल्गुन २०८१

फागुन १९ ,पोखरा

पोखरामा हुन लागेको कोटिहोम लाई रोक्नको लागि महानगर पालिकाले पटकपटक मुद्दा जाहेर गरेपनि सम्मानित उच्च अदालतले खारेज गर्न नपर्ने भनेपछि ऐतिहासिक कोटी होम महायज्ञ सोही स्थानमा हुने पक्का भएको छ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा परिपत्र गरेपश्चात श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएकोमा गत मिति २०८१ फाल्गनु महिनाको १ गतेका दिन सम्मानित उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्दै कोटिहोम नरोक्नु/नरोकाउनु भनी आदेश दिएको  थियो।

कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी पोखरा महानगरपालिकाले पुनः उक्त आदेशका विरुद्ध अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएकोमा २०८१ फाल्गुन १९ गते पेशी भएको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिने आदेश दिएको छ ।

Advertisement:Ad
Advertisement:Ad

सम्मानित उच्च अदालतले दिएको अन्तरिम आदेश सँगसँगै ऐतिहासिक कोटिहोम महायज्ञ सोही मिति , सोहि स्थान र सोहि समयमै हुने कुरा निश्चित देखिएको हो।

यो पनि पढ्नुहोस….

महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसनले पोखराका विभिन्न मठ मन्दिर सरसफाई र रंगरोगन गरेको छ।

महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरामा रहेका विभिन्न मठ मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंगरोगन गर्ने कार्य गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित सरसफाई कार्यक्रमको अभियान नै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसनले अहिले पोखरामा रहेका मन्दिरहरुमा सरसफाईको कार्य गर्दै आइरहेको छ ।

केहि समयपछि पोखरामा नै ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञको तयारीमा रहेको फाउण्डेसनले पोखरा महानगरपालिका वार्ड नं. ६ सिमपानीमा रहेको ॐ शिवमणी कैलाशधाम मन्दिर परिसर सरसफाई संगै रंगरोगनको कार्य पनि गरेको मन्दिरका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै बैदाममा रहेको मुक्तेश्वर शिव मन्दिरमा पनि सरसफाई संगै रंगरोगनको कार्य गरेको छ । त्यस्तै फाउण्डेसनले पोखराका अन्य धार्मिक तथा सार्वजनीक स्थलहरु पनि सरसफाई गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज