चैत्र २ पोखरा
पोखरा महानगरपालिका १९ चुरुङ्गा कास्कीमा अवस्थित श्री दुर्गा मन्दिर एवं गौरीशंकर ब्रह्माविद्यापीठको परिसरमा मिति २०८१ चैत्र १६ गतेदेखि २५ गतेसम्म श्री दुर्गा पञ्चायन मन्दिर प्राणप्रतिष्ठा एवं श्रीमद् देवीभागवत नवहा ज्ञान महायज्ञ हुने भएको छ।
पवित्र शुक्ला गण्डकीको काख र ऐतिहासिक अम्रेश्वर शिवालय काउरे गुफाको सिद्ध क्षेत्रमा पोखरा महानगरकै नयाँ शक्ति पिठ र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा निर्मित उक्त मन्दिरको समुद्घाटन मिति २०८१ चैत्र १६ गतेदेखि २५ गतेसम्म श्री दुर्गा पञ्चायन मन्दिरको प्राण प्रतिष्ठा एवं श्री श्रीमद्देवी भागवत नवाहा ज्ञानमायज्ञ गर्न लागेको ज्ञान महायज्ञ समितिका सचिव विकास गौतमले जानकारी दिनुभएको थियो।
श्री दुर्गा मन्दिर एवं गौरीशंकर ब्रह्मा विद्यापीठको परिसरमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक ब्रह्मलिन परमपुज्य गुरुवर डाक्टर स्वामी रामानन्द गिरिजी संस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु दुई करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितको ढुङ्गाको विशाल कलात्मक मन्दिरको निर्माण सम्पन्न भएको पत्रकार भेट कार्यक्रममा जानकारी गराइएको थियो।
महेश सन्यास आश्रम देवघाट धामका परमपुज्य सन्त र आचार्यहरूको विशेष उपस्थितिमा चैत्र नवरात्रको पावन अवसरमा वैदिक विधिपूर्वक सञ्चालन गरिने ज्ञान महायज्ञमा सहभागी भएर आध्यात्मिक लाभ लिनुहुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई आमन्त्रण गर्दै जानकारी दिनको लागि गरिएको पत्रकार सम्मेलन विभिन्न संचार गृहमा काम गर्नेहरु पत्रकारहरु र विभिन्न माध्यमबाट सूचना समाचार र सम्प्रेषण गर्नुहुने सबै सबैले आआफ्नो तर्फबाट प्रचारप्रसार गरिदिनुहुन अनुरोध गरिएको थियो।









प्रतिक्रिया