धारिलो खुकुरी प्रहार गरेर भागेका मनिष ठकुरी पक्राउ

धारिलो खुकुरी प्रहार गरेर भागेका मनिष ठकुरी पक्राउ

परिबर्तन न्युज
४ चैत्र २०८१ बजे
परिबर्तन न्युज
४ चैत्र २०८१

चैत ३, पोखरा

पोखरामा लागू औषध कारोबार को कुरा नमिलेपछि धारिलो खुकुरी प्रहार गरेर भागेका मनिष ठकुरी पक्राउ ।

Advertisement:Ad
Advertisement:Ad

शनिबार पोखरा महानगरपालिका वडा नम्बर १८ फेवातालको किनारमा रहेको सेदी बसपार्कमा साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका मनिष ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । धारिलो खुकुरीको प्रहारबाट घाइते भएका बराललाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उनी उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ।

Advertisement:Ad
Advertisement:Ad

पक्राउ परेका ठकुरीबिरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज