काठमाडौँका महानगरका नगर प्रहरी प्रमुखले माफी मागे

काठमाडौँका महानगरका नगर प्रहरी प्रमुखले माफी मागे

परिबर्तन न्युज
२२ चैत्र २०८१ बजे
परिबर्तन न्युज
२२ चैत्र २०८१

चैत्र २२,काठमाडौं

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमा पुरानै चर्चा चलेका कर्मचारी आउने भनेपछि मेयर बालेन शाहको आदेश अनुसार कार्यालय छिर्न नदिएका पाण्डेले माफी मागेका छन्।

Advertisement:Ad

विगत दुई महिनादेखि तलब खान नपाएका कर्मचारी र जनप्रतिनिधि हरूको सहयोगमा प्रमुख कार्यकारी अधिकृत कार्यालय कार्यालयमा छिरेका थिए।

अहिले महानगर प्रमुख पाण्डेको सर्वत्र आलोचना भएको छ। कार्यकारी अधिकृत लाई गरेको दुर्व्यवहार को कारणले सबैतिरबाट अर्काको  बुइ चढेर कानुन आफ्नो हातमा लिएर आफ्नो औकात बिर्सेर सरकारले पठाएको कार्यकारी अधिकृतलाइ अमानवीय र दुर्व्यवहार गरेको हुनाले माफी मागेर मात्र हुँदैन नगरप्रहरी प्रमुख पाण्डेमाथि कारवाही गर्नुपर्ने आवाज उठ्न उठेको छ।

एकताका सबैतिरबाट वाहैवहाई कमाएका नगर प्रहरी प्रमुख पाण्डेले कार्यकारी अधिकृतलाई कार्यालय प्रवेशमा रोक लागाएको कारणले नगरप्रहरी प्रमुख पाण्डे विवादमा तानिएका हुन। आफू विवादमा तानिएको महसुस गर्दै अब  कारवाहीमा पर्ने डर भएपछि नगरप्रहरी प्रमुख पाण्डेले बुद्धिमत्तापूर्ण तरिकाले  शुक्रबार कार्यकारी अधिकृत को कार्यकक्षमै गई भेटेर बिहीबारको घटनाप्रति माफी मागेका हुन।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज