Top Header Ad 1

जनताको कुरा सुन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा कार्यक्रम चितवनबाट सुरु

जनताको कुरा सुन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा कार्यक्रम चितवनबाट सुरु

परिबर्तन न्युज
२३ चैत्र २०८१ बजे
परिबर्तन न्युज
२३ चैत्र २०८१

चैत्र २३, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बाट रवि लामिछानेको उपस्थितिमा गर्ने भनेको जनयात्रा कार्यक्रम रविलाई सरकारले एकाएक गिरफ्तार गरेपछि पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आज चितवनबाट घन्टी बजाएर पार्टीको जनयात्रा कार्यक्रम शुरु गर्नुभएको छ ।

Advertisement:Ad
Advertisement:Ad

‘विशेषगरी जनयात्रा कार्यक्रममा जनताको कुरा सुन्ने यात्रा भएको हुनाले यस यात्रालाई ‘जनयात्रा’ नाम दिइएको थियो । कार्यक्रममस देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत विधिविरुद्ध गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेताहरूले बताउनु भएको थियो।

कार्यक्रममा रास्वपाका सांसद हरि ढकालले लामिछानेको ‘अन्तिम इच्छा’ – यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ, यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ, रवि लामिछानेको अन्तिम इच्छा  यो देशमा भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ र अन्तमा यो देश ३५ वर्षसम्म लुटेर खाएका भ्रष्टहरूलाई पाता रसिले कसेर जेलमा हालेर जेलभित्रै दशदान बैतर्नी गर्ने मन छ भन्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज