राजनीतिप्रतिको वितृष्णा नेपालको इच्छापत्र- ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू’



वैशाख २३,काठमाडौं
नेकपा एमालेका संस्थापक नेता प्रदीप नेपालको आज मङ्गलबार दिउँसो दुखद निधन भएको छ।
नेता नेपालको इच्छापत्रमा-लेखिए अनुसार ‘मेरो शवमा पार्टीको झण्डा नओढाउनू, कुनै पनि किसिमको तामझाम नगरिकन सामान्य हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्नुहुने छ भन्दै लेखिएको इच्छापत्र अनुसार नै गरिने भएको छ ।
प्रदीप नेपालको आज नै उहाँको इच्छा अनुसार श्रद्धाञ्जली कार्यक्रम पार्टी कार्यालयमा नराखिने भएको छ । आजै बेलुकी ६ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृह अगाडि नै हुने भएको छ ।
पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिनुभएको थियो जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । इच्छापत्र अनुसार नै नेकपा एमालेको संस्थापक नेता रहनु भएका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने नेकपा एमाले स्रोतले बताएको छ ।पार्टीको झण्डा नओढाए पनि राष्ट्रिय झण्डा भने ओडाउने भएको छ।
इच्छापत्र नै लेखेर दिएपछि नेताहरूको अन्तिम संस्कार गर्दा पार्टीको झण्डा ओडाउने प्रचलन तोडिने भएको छ । त्यसो त नेता प्रदिप नेपाल एमाले र माओवादीबीच पार्टी एकता भएदेखिनै लगभग निष्क्रिय हुनुभएका उहाँ तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी हुनुभएको थिएन ।
स्वास्थ्य सहित बिबिध कारणले राजनीतिमा सक्रिय नभएको उहाँको पारिवारिक सूत्रले बताउनु भएको छ।नेकपा विभाजनपछि उहाँ एमालेमा रहेर पनि त्यत्ति सक्रिय देखिनुभएको थिएन। एमाले विभाजनपछि माधव नेपाल पक्षले कमिटीमा राखे पनि उहाँ एमाले कै सदस्यता नवीकरण गरेर बस्नुभएको थियो।


