वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

परिबर्तन न्युज
२५ बैशाख २०८२ बजे
परिबर्तन न्युज
२५ बैशाख २०८२

वैशाख २६ पोखरा

पोखरा ५ पर्स्याङको वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालयले २०८२ को शैक्षिकसत्रमा विभिन्न कक्षामा अध्ययन गर्नको लागि आएका नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad

कक्षा नर्सरी देखि कक्षा ९ सम्मका नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको सो कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई विद्यार्थीहरूको तर्फबाट कक्षा ९ का छात्र संकल्प सुवेदीले स्वागत मन्तव्य दिएका थिए भने कक्षा ६ का छात्राहरु जेसीका पोख्रेल, रागीना अधिकारी, रिया गुरुङ, युनिसा श्रेष्ठ, कृषा विसुङ्खे लगायत ले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

यसै शैक्षिक सत्र बाट नया अनुभबी तथा युवाहरुको टिमद्वारा संचालित भएको केही महिनामै नयाँ सुविधा सम्पन्न पक्की भवनमा पढनपाठन सुचारु हुने कुरा विद्यार्थीहरुलाई जानकारी दिँदै उनीहरूलाई ढुक्क भएर आफ्नो पठन पाठनलाई निरन्तरता दिनुहुन विद्यालयका निर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।

स्वागत कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य सन्तोष लामिछानेले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथसाथै विद्यार्थीको मनोबल बढाउँदै उनीहरूको शैक्षिक उन्नयनमा बिशेष योगदान दिने हुनाले बिद्यालयले भावी दिनहरूमा यस्तै प्रकृतिका कार्यकमहरुलाइ अझै परिष्कृत गर्दै पटकपटक गर्द जाने बताउनु भयो।

बिद्यालयका सह प्राचार्य रामचन्द्र अधिकारी (आर.सी) ले संचालन गर्नुभएको कार्यक्रममा नवआगन्तुक बिद्यार्थी को तर्फ बाट कक्षा नौ कि छात्रा प्रियंका भण्डारीले धन्यवाद मन्तब्य राख्दै यस विद्यालयमा आफूले आत्मीय र पारिवारिक वातावारण प्राप्त गरेको भन्दै आफ्नो शैक्षिक भबिस्य उज्ज्वल बन्नेमा बिस्वस्त रहेको बताइन।

सो अवसरमा बिद्यालयका इन्चार्ज ऋषि अधिकारीले टिका र गणित शिक्षक शंकर प्रसाद लामिछानेले नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज