जातीय विभेद आरोपमा उपप्राध्यापक डा.देबिलाल शर्मा पदमुक्त



वैशाख ३१, पोखरा
पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्माले पृथ्वीनारायण क्याम्पसका एक विद्यार्थीमाथि जातीय बिभेदगर्दै गालीगलौज गरेको आरोपमा विभागीय प्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।
व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्स विषयको शैक्षिक भ्रमणमा सहभागी विद्यार्थीलाई ‘तँ दमैले के गर्न सक्छस्, गर’ भन्दै गालीगलौज गरेको हुनाले उपप्राध्यापक डा. देवीलाल शर्मालाई निलम्वन गरेको।क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले शर्मालाई पठाएको पत्रमा लेखिएको छ।
‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईंलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ ।’ भनिएको छ।
शैक्षिक अवलोकन भ्रमणजाने क्रममा विषय शिक्षक डा. शर्मा, राजेन्द्र सुवेदी र ध्रुवकुमार बुढाथोकीको नेतृत्वमा गएको उक्त भ्रमणमा उपप्राध्यापक शर्माले विद्यार्थी अमन परियारमाथि जातीय रुपमा अपमान गर्नुभएको पीडित परियारले बताएका छन् ।


