Worldlink Communications

भारतीय गाडीले मोटरसाइकललाइ ठक्कर दिँदा युवकको मृत्यु

जेठ ५ , सुनवल

नवलपरासीको  सुनवल–परासी जाने बाटोमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाइ ठक्कर एक युवकको मृत्यु भएको छ ।

सुनवलबाट परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशामा रहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकललाइ  ठक्कर दिदा रामग्राम नगरपालिका १ सण्डा बस्ने २२ वर्षीय जीवन यादव मृत्यु भएको हो।

गाडी ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको भएपनि उपचारका क्रममा राति करिब ८ः४० बजे डाक्टरको टोलीले मृत घोषणा गरेका थिए उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

सुनवल नगरपालिकाको स्वाठीमा ठक्कर दिएर भागेको भारतीय नम्बर प्लेटको सानो गाडीको खोजी भइरहेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: