पोखरामा जारी विराट ज्ञान महायज्ञमा जेठ १७ गते बाट श्रीमद देवीभागवत कथा वाचीका राधिका दासीले वाचन गर्ने

जेठ १३,पोखरा
पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउनुहुने भएको छ।
गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।
भागवत मञ्जरी राधिका दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउमा कथा वाचन गर्न पाउँदा आफूलाई भाग्यमानी मान्दै ‘यस्तो ऐतिहासिक कोटिहोम आफ्नो पुस्तालो पटक देखेको हुनु पर्दछ यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’ ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवन कार्यक्रममा हामी सबै जोडिनुपर्छ म पनि आउँदै छु भनेर सन्देश पठाएको प्रचारप्रसार संयोजकले हामीलाई जानकारी दिनुभयो।
वैशाख १७ गतेदेखि सुरु भएको कोटिहोममा जेठ १० गते देखि पुन अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहनुभएको छ। देवी प्रतिभाले जेठ १६ गते सम्म कथा वाचन गर्नुहुनेछ भने उहाको बिदाइसँगै भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्ने प्रचारप्रसार समितिका संयोजकले जानकारी दिनुभयो ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्ण रूपमा साथ दिदै आउनुभयो कि कथा वाचीका देवी प्रतिभा र राधिाका दासीको कोटिहोम आगमले आफूलाई उर्जा मिलेको बताउनुभयो । देवी प्रतिभालाई बहिनको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएको बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले देवी र माताको प्रवचन सुन्ने अवसरलाई सदुपयोग गर्न भक्तजनलाई अनुरोध गर्नुभएको छ ।
कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् । आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ।कोटिहोममा कास्कीका विभिन्न विद्यालय का विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिनुभयो। प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिनुहुने भएको छ । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिनपनि सम्पूर्ण विद्यार्थीलाई आग्रह गरिएको छ ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको बताउनुभयो।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छ भने पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार हरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ ।
