Worldlink Communications

युवाहरूलाई स्वरोजगार बनाउदै -पोखरा १६

जेठ १५, पोखरा

पोखरा महानगर पालिका वडा नं. १६ ले आफ्नो वडाका दलित युवालाई लक्षित गरी १८० घन्टे डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ ।

विज्ञान र प्रविधीलाई आत्मसाथ गर्दै आफ्ना वडा भित्र रहेका युवाहरूलाई नयाँ दुनियासँग परिचित गराउनको लागि उनीहरूको जीवनलाई प्रविधिसँग जोडेर युवाहरूको भविष्य खोज्न शुरु गरिएको प्रविधि मैत्री तालिमको अध्यक्षता पोखरा महानगरपालिका वडा न. १६ का अध्यक्ष अमृत तिमिल्सिनाको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथि पूर्व वडाध्यक्ष दानबहादुर बानियाले हुनुहुन्थ्याे भने कार्यक्रमलाई भव्य र सभ्य रूपले वडा सदस्य मञ्जु बस्यालले सञ्चालन गर्नुभएको थियो।

विशेषगरी वडाभित्र रहेका दलित समुदायका युवाहरूलाई लक्षित गरेर कार्यक्रम बनाइएको भए पनि आवश्यकता अनुसार केही युवाहरू कमी भएपछि सबै समुदायका युवाहरुलाई समेट्ने गरी तालिम व्यवस्था भएको कार्यक्रममा करिव २७ जना युवा युवतीको सहभागिता थियो।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा करिब एक महिना सम्म संचालन हुने तालिममा पोखरा महानगरपालिका वडा नं. १६ का पुर्व वडाध्यक्ष दानबहादुर वानियाँले पानसमा बत्ती बालेर शुभारम्भ गर्दै वडाध्यक्ष वानियाँले युवा पुस्तालाई स्वदेशमै बसेर होस् या विदेशमा जाँदा किन नहोस् सबैले यस्ता किसिमका शिक्षाहरू लिएर बस्दा र विदेश जाँदा आफूलाई रोजगारी बनाउने सिप सिक्दै आफै रोजगार बन्दै जाने यस किसिमका विषयहरुमा  डिजिटल मार्केटिङ उपयुक्त थलो रहेको बताउँदै, विकसित देशहरूका मानिस प्रविधिमा अझै धेरै अगाडि बढिरहेको परिवेशमा हाम्रा युवाहरूले पनि प्रविधी चासो राख्न पर्ने बताउनुभयो ।

पोखरा महानगरपालिका वडा न. १६ का वडाध्यक्ष एवं कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अमृत शर्मा तिमिल्सीनाले दक्ष युवा शक्ति बिना कुनै सिप नेपालमा बस्नु र विदेशिनु दुवै गलत भएको बताउदै आगामी दिनमा यस्ता समस्याबाट कोही कसैलाई पनि अप्ठ्यारो नपरोस भन्नको लागि डिजिटल मार्केटिङ को तालिम दिन परेको जसले स्वदेशमै स्वरोजगारी सिर्जना गर्ने छ भन्ने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा वडा सदस्य राजकुमारी वानियाँ, रामचन्द्र आचार्य, हिमालय क्लवका अध्यक्ष मोहन वहादुर थापा, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, नमुना क्लवका अध्यक्ष मिन वहादुर गुरुङ लगायतले सबै वक्ताहरूले तालिममा भाग लिएर मात्र नहुने सिके का कुरा व्यवहारमा उतारेर जीवन उपयोगी बनाउन सके मात्र कार्यक्रम सफल हुने कुरा बताउनुभएको सो कार्यक्रम एक महिना सम्म सञ्चालन हुने क्लाउड टेक आई टि सोलुसनका सञ्चालक किरण रेग्मीले परिवर्तन न्यूज डटकम लाई बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: