Worldlink Communications

कास्की जिल्ला स्तरिय आठौं खुल्ला स्नूकर प्रतियोगिता–२०८२ उद्घघाटन

 

पोखरा महानगरपालिकाका प्रतियोगिता संघमा आबद्ध क्लबहरुका वीचमा हुनेछ र संघमा आवद्ध क्लबहरुबाट मात्र खेलाडीहरुलाई सहभागी गराइने महासचिव सविन जिसीले परिवर्तन न्यूज डटकम लाइ जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले रु. ८० हजार नगद, शिल्ड र प्रमाण–पत्र, द्वितीय पुरस्कार रु. ४० हजार, शिल्ड र प्रमाण–पत्र, तृतीय हुेलाई रु. १५ हजार नगद, शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यसैगरी हाइएष्ट ब्रेकरलाई ५ हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु. ३ लाख ५४ हजार खर्च लाग्ने लाग्ने र ४४ हजार बचत हुने अपेक्षा आयोजकको छ । बचत रकम विभिन्न सामाजिक सेवा मुलक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । आशिक रकम खेलाडिको विकास कोषमा अगाडी हुने राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खर्च खरिने बताइएको छ ।

विभिन्न फरक स्थानमा खेल हुने भएपनि उद्घघाटन खेल र समापन खेल पोखराको बाग्लुङ बस पार्कमा रहेको दिपलव स्नुकर क्लबमा हुने आयोजकले जनाएको छ । विलियार्ड स्नुकरलाई व्यावसायिक रुपमा स्थापित गर्न यो खेलको आयोजना गरिएको हो अध्यक्ष सागर कुमारले बताउनुभयो ।

१५ औं शताब्दीबाट शुरु यस खेलको आफ्नै महत्व रहेको छ । यस खेलबाट समाजमा भाइचारा सम्बन्ध, नैतिकता र अनुशासनमा थप विकास हुनेछ भन्ने आयोजकले विश्वास लिएको संस्थाका अध्यक्ष दिलिप सागरले बताउनुभयो। यस खेलमा सहभागी हुन कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघले आवद्ध क्लबहरुबाट मात्र फर्मभर्न पाइनेछ भने दर्ता शुल्क २ हजार तोकिएकोमा ६४ जना खेलाडी सहभागी जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: