कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

परिबर्तन न्युज
२१ जेष्ठ २०८२ बजे
परिबर्तन न्युज
२१ जेष्ठ २०८२

जेठ २१, पोखरा

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा झन्डै ६ करोड रकम सङ्कलन भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम जोडेर ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० रुपैयाँ  ,जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको सम्पूर्ण भक्तजन र यो कार्यक्रम को बारेमा चासो राख्ने सबैलाई जानकारी गराइएको यसै सूचना मार्फत जानकारी गराइएको छ भन्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उहाँले जानकारी दिनुभयो । कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने पनि उद्घघोष गर्नुभएको थियो ।

‘कुनै पनि धर्म गुरुले यसरी महायज्ञको आय व्यय सार्वजनिक गरेको रेकर्ड छैन म नै पहिलो हो’ भन्दै, ‘यहाँ सङ्कलन भएको सम्पूर्ण रकमको अडिट सहित पत्रकार सम्मेलन गरेर सार्वजनिक हुन्छ अनावश्यक हल्लाको पछाडि नलाग्न सम्पूर्ण भक्तजनलाई म आग्रह गर्दछु भन्नुभयो।

अहिले सम्म उठेको रकमले यहाँको पण्डाल खर्च पनि नपुग्ने बताउँदै यहाँहरूको सहयोग र सद्भावको खाँचो रहेको बताउदै कोटिहोममा जग्गा दान गर्ने क्रम पनि बढ्दै गएको जानकारी दिनुभयो । भोली नै स्याङ्जाबाट करिब ३ रोपनी जग्गा दान गर्ने जानकारी प्राप्त भएको  जानकारी दिनुभयो । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना आइरहेको र यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी जानकारी दिनुभयो।

पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने जानकारी दिनुभएको हो । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहनुभएको छ । उहाँले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहनुहुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज