४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालियो

जेठ २६,पोखरा
पोखरा महानगरपालिका वडा न. ३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ ।
जेठ २६ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका ४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालिएको हो ।पोखरा घुम्न आएको बेला बेगनासतालमा पौडी खेल्न गएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।
