पोखरामा आज बिहान हत्याभइ मृत्यु भएका युवा र आरोपितको पहिचान

जेठ २, पोखरा
पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा आज बिहान हत्या गरिएका युवाको पहिचान खुलेको छ।
उक्त हत्याको अनुसन्धान गरिरहेको प्रहरीले मृतक तनहुँको भिमाद निवासी २१ वर्षीय मनोज भुजेल भएको पत्तो लगाएको हो।
प्रहरीले भुजेलको हत्यामा संलग्न दुई जनालाई पनि पक्राउ गरिसकेको प्राप्त समाचारमा जनाइएको छ। उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला वालिङ १० घर भई पोखरामा ट्याक्टर चलाउँदै आएका २० वर्षीय पवनकर राना र उनको ट्याक्टरमा सहचालकको काम गर्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
उनीहरुलाई प्रहरीले बिहान ११ बजेतिर छिजेडाँडाबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।भुजेल आज बिहान ५ बजे पोखरा १५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थान नजिकको बीच सडकमा मृत भेटिएका थिए।
