कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

जेठ २६, पोखरा
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गर्नुभएको हो।
अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको यात्रा तय गरेर महायज्ञको पूर्णाहुतिमा भएको महायज्ञका सङ्कल्प कर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयो ।
‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो । समय छोटो थियो तर यति लामो यात्र गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो यहाँ प्रति आभारी छौ’ भन्नुभयो, ‘काली बाबाको कोटिहोम उपस्थिति यज्ञ प्रवित्र वनेको छ ।’
यज्ञको पूर्णाआहुति गर्न आउनु भएका काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिनुभयो । ‘यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ त्यो हिम्मत साथ बालयोगेश्वर गर्नुभयो’ उहाले भन्नुभयो ‘यज्ञ संम्राट यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु भन्नुभयो ।
यज्ञको पूर्णाहुति गरिएसँगै होमन लगायतका पाठ परायणका सम्पूर्ण कार्य आज देखि नै समापन भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकाललाई जानकारी दिनुभयो। उहाका अनुसार कोटी होममा सहभागी भएका चार सय बढी ब्राम्हणलाई पनि सम्मानका साथ आज नै बिदाइ गरिएको छ । साथै व्रतबन्ध, चौरासी पूजा सहित अन्य सम्पूर्ण कर्म पनि आज नै समापन भएको छ ।
वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी सुरु भएको हवन कुण्डको आज पूर्णाहुति गरिएको हो ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
