Worldlink Communications

बगाले थापा क्षेत्री कुल पुजाको तयारी पूरा 

जेठ २७, पोखरा

प्रत्येक पाँच – पाँच वर्षमा हुँदै आएको बगाले थापा क्षेत्रीको कुल देवताको पुजा जेठ २८ गते याम्दी, हेम्जामा हुने भएको छ ।

हिन्दु संस्कार अनुसार पुजा कार्यबिधीको पालाना गर्दै सब्य र भब्य कुल पुजा हुने बगाले थापा क्षेत्री कुल पुजा सेवा कार्यसमितिका अध्यक्ष नरेशराज थापाले जानकारी दिनुभयो।

थापाले कास्की जिल्लामा बगाले थापाको कुल मन्दिर ७ ठाउँमा भएकोमा सबै भन्दा पहिलाको कुल मन्दिर याम्दीमा रहेको र पछि सबैले विभिन्न ठाउँमा बनाएको बताउनुभयो ।

याम्दीमा गरिने कुल मन्दिरको  पूजामा ३५० घर धुरीले कुल पुजा गर्ने छन् भने यसपाली आफ्नो मन खुसीले कसैले नरिवल र कसैले बली पुजा गर्नसक्ने प्रावधान रहेको बताउनुभयो।

कुल पुजा सम्पन्न गर्नको लागि विभिन्न उप- समिति गठन गरिएको र आ-आफ्नो कार्यको लागी संयोजकहरूलाई जिम्मा लगाईएको बगाले थापा क्षेत्री कुल पुजा सेवा कार्यसमितिका उपाध्यक्ष थिर बहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै कुल पुजाको तयारी तिब्र रूपले अगाडि बढाईएको छ । कुल पुजाको दुई दिन अगाडि सोमबार देखि मुल घरमा धामी र ब्राह्मण राखी कुल पुजा विधि अनुसार गरिने र नयाँ उत्पन्न हुने धामीलाई साझँ पख नाचाईने बगाले थापा क्षेत्री कुल पुजा सेवा कार्यसमितिका सचिव धिरज थापाले जानकारी दिनुभयो ।

कुल पुजाको दिन बाजागाजा, भजन गाउँदै सम्पूर्ण बगाले थापाहरु का बन्धुवान्धबका पुजाका सामग्री सहीत महिला आमा दिदीबहिनी हरू क्षेत्रीको पोसाकमा र पुरूष दाजुभाइहरू सेतो दउरामा उपस्थित कुलदेवता पुजा कार्यक्रममा लाइ शोभायमान बनाइने प्रचारप्रसार संयोजक संजय थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: