आठौं खुल्ला स्नुकर प्रतियोगितामा विकास महर्जन “पासा” प्रथम पुरस्कार विजेता

जेठ २७, पोखरा
जेठ १५ गते बाट सुरु भएको कास्की जिल्ला आठौं खुल्ला स्नुकर प्रतियोगितामा विकास महर्जन पासा प्रथम पुरस्कार विजेता बन्नु भएको छ।
आठौं खुल्ला जिल्ला स्नुकर प्रतियोगितामाको समापन कार्यक्रमको अध्यक्षता स्नुकर सघका अध्यक्ष दिलिप सागर कुमार साहिले गर्नुभएको थियो भने कार्यक्रमको प्रमूख अतिथि जिप्रका कास्की प्रहरी प्रमुख उपरीक्षक (डिएसपि)स्याम बाबु वलियाले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नुभएको थियो।
१५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको खेलमा ६४ जना खेलाडीले भाग लिनुभएको थियो। जसमा प्रथम विकास महर्जन पासा हुनुभएको थियो। प्रथम हुने पासाले नगद ८० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त प्राप्त गर्नुभएको छ। द्वितीय हुने साहिल गुरुङले नगद ४० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। तृतीय हुने युसी सुनार र परिवेश रेग्मीले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। भने हाइएस्ट ब्रेकर विकास महर्जनले नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
प्रमुख अतिथि श्यामबाबु वलीयाले युवाहरूले नियम संगत खेल खेल्दा अनुशासित भइने मर्यादित भईने भएकोले खेलहरू आफैमा राम्रा हुने विश्वास व्यक्त गर्नुभयो। विजेता हुने खेलाडीहरुले अझै राम्रो खेल प्रस्तुत गरेर आफ्नो अब्बलतालाई जिल्लामा मात्र सीमित नराखेर राष्ट्रिय स्तरमा पनि निरन्तरता दिनुहुनेछ भने द्वितीय तृतीय हुने खेलाडीहरुले आफूलाई आगामी दिनमा अझै अब्बल साबित गर्नुहुनेछ भन्दै सम्पूर्ण भाग लिनुहुने खेलाडीहरुले आगामी दिनमा राम्रो खेलाडी हुनेछु पुरस्कार पुरस्कार जित्नेछु म पनि प्रथम द्वितीय हुनेछु भन्ने साहसका साथ आफ्ना खेलहरुलाई निरन्तरता दिनुहुने नै छ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि अतिथि हरूलाई खानाको माला द्वितीय उपाध्यक्ष खली थापाले लगाइदिनु भएको सो कार्यक्रममा उपस्थित सबैलाई सघका प्रथम उपाध्यक्ष रामजी सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो। स्वागत मन्तव्य राख्दै सस्थापक अध्यक्ष बसन्त गौचनले हामी हाम्रा खेलाडीहरूलाई जिल्ला स्तरिय मात्र नभई राष्टिय खेलाडी बनाउन चाहन्छौं भन्नुभयो।
यस स्नुकर संघमा २० वटा क्लबहरू आबद्ध भएको र त्यस मध्ये ५ वटा क्लबमा प्रतियोगिता सन्चालन गरिएको थियो प्रतियोगितामा क्वाटर फाइनलमा प्रबेश गर्नुभएका सबै खेलाडी हरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमलाई सघका महासचिव सविन जि सी ले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।
