९० वर्षीय दिलबहादुर थापाद्वारा आफ्नै श्रीमती को ह त्या स्वीकार

जेठ ३०, पोखरा
नवलपुर जिल्लाको देवचुली नगरपालिका-३ आम्बासका ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया आफ्नै श्रीमती जमुना थापाको गएराती हत्या गरेका छन।
श्रीमान श्रीमतीको सामान्य घरायसी विवाद भए पछि श्रीमान दिल बहादुरले आफ्नै श्रीमती जमुनालाई टाउकोमा फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको जनाएको छ।पतिले हानेको रडकोचोट साहना नसकेर श्रीमती जमुना थापाको घटनास्थलमै मृत्यु भएको थियो।
हत्या भए पश्चात स्थानीयहरू ले खबर गरेपछि पुगेको प्रहरीले ९० वर्षीय दिलबहादुर थापालाई पक्राउ गरेको र पक्राउपछि आफूले आफ्नी श्रीमतीलाई घरासी विवादको कारणले आफूले हत्या गरेको स्वीकार गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले पक्राउगरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपूरका डीएसपी मधु नेपालले जानकारी दिनुभयो।
