Worldlink Communications

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहायकलाइ नगदसहित पक्राउ

जेठ ३१, पोखरा

यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  नगदसहित पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलियालाइ सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरेको आरोपमा पक्राउ परेका छन् ।

कार्यालय सहायक इन्द्र गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

लाइसेन्स परीक्षामा असफललाई पास गराउन रकम लिने गरिएको र गैर कानूनीकार्य भएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका आयोगले जनाएको छ ।

त्यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी, विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण र अन्य कागजातसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: