रुद्राक्ष होटलको पाँचौं तलाबाट खसेर एक महिलाको मृत्यु

जेठ ३१,पोखरा
पोखरा ६ लेकसाइडमा रहेको होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर रुपन्देही, बुटवल उपमहानगरपालिका–१०, रानीवन निवासी ३२ वर्षीया सरीता भण्डारीको मृत्यु भएको छ ।
शुक्रबार राति करिव १२ बजे होटलको पाँचौं तलाबाट खसेकी भण्डारीलाई तत्कालै उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्याइएको भएपनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीले कार्यालय कास्कीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सरीता जेठ २९ गते श्रीमान् र दुई नाबालक छोरासहित पोखरा घुम्न आएकी थिए। घटनापछि उनका श्रीमानलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ भने प्रहरीले दुई नाबालक छोरालाई आफन्तको जिम्मा लगाएको छ।