वडा न. २५ का राजनीतिक दल र पुर्व अध्यक्षहरु एकमत शिक्षालाइ आगामी बजेटमा महत्त्वपूर्ण स्थान दिइनेगरि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

असार १,पोखरा
पोखरा महानगरपालिका वडा नं २५ को अहिले सम्मको प्रगति, बिकास निर्माण र आ. व. २०८२/८३ को बजेट को सम्बन्धमा वडाका राजनीतिक दल र पुर्व अध्यक्षहरु सङ्ग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडालाई उत्कृष्ट र समुन्नत वडा बनाउन महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त भएको छ।वडाको आ.व. २०८२/८३ मा बजेटकाे प्राथमिकताका आधारमा बिकास निर्माणका ध्यान दिइनेछ भनिए अनुसार ।
शिक्षा : वडाले आगामी आ.व. को बजेटमा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी शिक्षा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । जस अन्तर्गत वडा भित्रका ९ वटै सामुदायिक बिधालयका बाल बिकाश कक्षा (ECD) लाई बालमैत्री बनाइने र अतिरिक्त क्रियाकलाप सिकाउने २ जना घुम्ती शिक्षकका लागि आवश्यक बजेट बिनियोजन गरिने जानकारी दिइएको छ।
भौतिक पुर्वाधार: भौतिक पुर्वाधार तर्फ अधुरा र बिपद जन्य योजनालाई प्राथमिकतामा राखिएको, ग्रामीण क्षेत्र र कुनै पनि योजना नपरेका टोल हरुलाइ प्राथमिकतामा राखी सडक, ढल, सिचाइ, वडाको सौन्दर्यकर्ण, उज्यालो वडा आदिका लागि आवश्यक बजेट बिनियोजन हुने बताइएको।
लक्षित कार्यक्रम : लक्षित वर्गका लागि आत्मनिर्भर र सक्षम बनाउन आयमुलक र सिपमुलक कार्यक्रम संचालन गर्न आवश्यक बजेट छुट्याउने तयारी गरिने जानकारी दिइएको छ।
स्वास्थ: स्वास्थ तर्फ स्वीकृत सहरी स्वास्थ प्रबर्द्धन केन्द्रमा मेडिकल अधिकृत (डाक्टर) र उच्चस्तरीय ल्यावको व्यवस्था भैसकेको, ल्याबलाई छिट्टै संचालनमा ल्याउने र बिमा कार्यक्रम संचालनको लागि पहल गरिने छ भने घुम्ती शिविरको रुपमा “वडा नागरिक आरोग्य कार्यक्रम” लाई निरंतरता दिइएको छ।
कृषि: कृषि तर्फ “एक घर एक घार मौरी” को योजना संचालन भैरहेकोमा यसलाई थप प्रभावकारी बनाउन मौरी शिक्षा र मौरिपालन तालिम संचालन गर्ने र कृषि उत्पादनमा वृद्धि ल्याउन कृषि हाट बजार स्थापनाका लागि आवश्यक तयारी गरिने भएको छ।
वन तथा वातावरण: वन तथा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रबर्द्धन, सर्प र लाटोकोसेरो संरक्षणका लागि वडा पन्छी र वडा सर्प घोषणा गरि लोपोन्मुख वन्यजन्तुको संरक्षण गरिने जानकारी दिइएको छ।
