नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता

असार ४, पोखरा
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार राती दुई घण्टा सम्म वार्ता भएको छ।
केपी शर्मा ओली र विद्यादेवी भण्डारी बीच नेकपा एमालेको आगामी अध्यक्षका लागि द्वन्द्व चलिरहेको ब्यापक चर्चा चलिरहेको बेला बालुवाटारमा घन्टौँ लगाएर वार्तामा बस्नुलाई सामान्य सोच्न सकिँदैन।
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रजनीतिका विषयमा दुई घन्टा सघन छलफल भएको बालुवाटार स्रोतले बताएको भन्दै जनताटाइम्स डट कमले समाचार लेखेको छ । भेटमा पूर्वराष्ट्रपति भण्डारीले अनेरास्वबियुको सम्मेलनमा दिएको अभिब्यक्ति आफूप्रति लक्षित हो कि होइन भनेर ओलीलाई सोधेको समाचारमा लेखिएको छ।
भण्डारीको सो प्रश्नको जवाफ अध्यक्ष ओलीले केही ब्यक्तिहरुले अनावश्यक बखेडा झिक्न लागेको बिषयलाई आफूले संकेत गरेको भन्दै आफू अध्यक्ष रहेकोले कुनै पनि ब्यक्ति लक्षित टिप्पणी नगरेको बताउनु भएको प्राप्त समाचारमा उल्लेख छ। समाचार स्रोत भन्छ , “तपाईको बिषयमा मैले टिकाटिप्पणी गर्दै हिडछु होला र भन्दै अध्यक्ष ओलीले सो बिषयमा अन्यथा नबुझ्न आग्रह गर्छु” भनेर भण्डारीलाई ओलीले आश्स्त पारेको बताइएको छ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफूसँग भेटन आउने एमालेका नेता कार्यकर्तामाथि केन्द्रीय कार्यालयको नाममा बिभेदपूर्ण ब्यवहार भइरहेको गुनासो गरेकी समाचार स्रोतहरुले उल्लेख गरेको छ।
दुवै नेताले आफूहरुको नाम लिएर एमालेभित्र असन्तुष्टि बढाउने खेल भइरहेको भन्दै त्यसप्रति सजग रही एकतावद्ध एमाले बनाउने काममा लाग्ने साझा निष्कर्षसमेत निकालेको समाचार स्रोतहरुले बताएको छ।
दुई नेताबीच मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा समेत प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् । यसैगरी प्रधानमन्त्री ओलीले आगामी १४ गतेबाट हुन लागेको युरोप भ्रमणको बिषयमा जानकारी गएको स्रोतहरुले जानकारी दिएको प्राप्त समाचारमा उल्लेख छ ।
पछिल्लो समय राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भएको एमाले कार्यकर्ता कित्ता कित्तामा बाँडिन थालेको अवस्थामा दुई नेताबीच लामो बार्ता भएकोले यो भेटलाई एमाले पंक्तिभित्र र राजनीतिक वृत्तमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
