Worldlink Communications

नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तराष्ट्रिय ओलम्पिक दिवसमा वक्तृत्वकला प्रतियोगिता गर्ने

असार ७, पोखरा

नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

मंञ्चले पोखरामा माध्यमिक तह स्तरीय (कक्षा ८ देखि १० सम्मका) विद्यार्थीहरु लक्षित वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो।

यहि असार ९ गते विश्वभर मनाइने ओलम्पिक डे लाई विविध कार्यक्रमका साथ आयोजना गर्ने प्रचलन अनुरुप मञ्चले उक्त प्रतियोगिता गर्ने तयारी गरेको हो ।

यस्तै मञ्चले आफ्नो रजत महोत्सव पनि मनाइरहेको छ जस अन्तरगर्त १२ महिना १२ कार्यक्रम गरिरहेको अवस्थामा उक्त कार्यक्रमलाई पनि समावेश गरि कार्यक्रम आयोजना गर्न लागेको नेपाल ओलम्पिक कमिटिका पूर्व उपाध्क्ष एव्म मञ्चका पूर्व तेज बहादुर गुरुङले जानकारी दिनुभयो।

ओलम्पिक दिवस र पोखरा म्याराथन, पोखरा म्याराथनमा विद्यार्थीको भूमिका र सामाजिक रुपान्तरणका लागि पोखरा म्याराथन गरी तीन अलग–अलग शिर्षक अन्तर्गत हुने वक्तृत्वकला प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी सहभागी गराउन सकिने मञ्चले बताएको छ ।

प्रतियोगितामा प्रथम हुने एकजना लाई नगद रु १० हजार, द्वितीय हुनेलाई नगद रु. ७ हजार, तृतियलाई नगद रु ५ हजार तथा सान्त्वना २ जनालाई नगद रु ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ।

प्रतियोगितामा सहभागि तथा विजेताहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध हुने प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागि तथा विजेताहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध हुने प्रमाणपत्र सबैलाइ प्रदान गरिने जानकारी दिइएको छ।

प्रतियोगितामा सहभागिताको लागि दर्ता गर्ने अन्तिम मिति यहि असार ८ गते बेलुका ४ बजे सम्म रहेको र दर्ता शुल्क नलाग्ने मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिनुभयो।

प्रतियोगिता असार ९ गते सोमबार बिहान ११ बजेबाट पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुने बताइएको छ।यसै बिच कार्यक्रम लाई सफल बनाउनको लागि श्रीकृष्ण अधिकारीको संयोजकत्तवमा ६ सदश्य पनि समावेश गरिएको छ।

जस अन्तरगर्त सोसल पब्लिक स्कुल बुद्धचोकका खिम गुरुङ, वालप्रभात मा.वि न्युरोडका डिल्लीराम अर्याल,कालिका मा.वि रामबजारका कुशल लामिछाने,अल्फा वोर्डिङ स्कुल वुढिवजारका रमेशराज पौडेल, ज्ञानज्योति मा.वि गगनगौडाका अर्जुन अधिकारी र गण्डकी आवसीय मा.वि लामाचौरका झलकनाथ आचार्य रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: