Worldlink Communications

चितवनको डडुवामा बस र ईभी माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु

असार ७, पोखरा

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको डडुवामा बस र ईभी माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी गाडी ठक्किँएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा १८ जना घाइते भएका छन्।ज्यान गुमाउनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगर पालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्: