Worldlink Communications

अन्नपूर्ण गाँउपालिकाले ल्यायोे ६५ करोड १५ लाखको बजेट

असार १०, पोखरा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि आज वार्षिक बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको उपाध्यक्ष चन्द्रकला अधिकारीले आगामी आर्थिक वर्षका लागि रू ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट ल्याएको बजेट प्रस्तुत गर्नुभयो।जस अन्तर्गत चालु खर्चका लागि रू ४३ करोड ३२ लाख ६२ हजार ७ सय ७५ र पूँजीगत तर्फ रू २१ करोड ८२ लाख ७२ हजार खर्च हुने अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताउनु भयेा ।

बजेटमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान तर्फ रू ११ करोड ५७ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ रू ११ करोड ८२ लाख, ९८ हजार ७ सय ७५ नेपाल सरकार ससर्त अनुदान तर्फ रू २९ करोड ८१ लाख अनुमान गरिएको अधिकारीले बजेट मार्फत बताउनुभयो।

गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु १ करोड़ ३२ लाख ७४ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रू ४० लाख र चालु आर्थिक बर्षको लागी आन्तरिक स्रोत अनुमान रू ३ करोड व्यहोरिने अनुमान बजेटमा गरिएको छ ।

“कृषि पर्यटन उर्जा र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार” भन्ने दिर्घक़ालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको गाउँपालिका उपाध्यक्ष अधिकारीले बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: