Worldlink Communications

२०औँ असारे रोपाई महोत्सव-२०८२ गुदे ताल तालबेसीमा हुने

असार १०, पोखरा

दुई दशक अघिदेखि सुरु गरिएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा-२६ लेखनाथको (गुदेताल) तालबेसीमा हुने भएको छ।

आज पत्रकार भेट कार्यक्रम गरेर पोखरा पर्यटन परिषद् परिषद्का अध्यक्ष तारानाथ पहारीले गुदे तालको पृष्ठभूमिमा लगेर यस वर्षको असारे रोपाई महोत्सव २०८२ पोखरा २६ लेखनाथको गुदेतालको तालबेसीमा हुने जानकारी दिनुभयो।

“पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषद्ले २०६१ सालदेखि असारे रोपाई महोत्सव आयोजना गर्दै आइरहेको जानकारी गराउँदै विगतमा जस्तै यस वर्ष पनि बाह्य तथा आन्तरिक पर्यटनलाई आकर्षित गर्दै पोखरालाई वर्षभरिकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनाउन असारे महोत्सव गर्न लागिएको जानकारी दिनुभयो।

पोखरा पर्यटन परिषद्ले गण्डकी प्रदेशको पर्यटकीय सहरको राजधानी पोखरा वरिपरि भएको खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, ओझेलमा परेका लुकेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने, कृषकहरु उत्पादन गरेका आफ्ना उत्पादनहरू लाई बजारीकरण गर्दै आफ्नो पेशाप्रति उत्प्रेरित गराउने तथा वर्षको एकपटक हिलोमा टेक्नुपर्छ है भन्ने सकारात्मक मूल्य मान्यताका साथ असार १५ लाई रोपाई महोत्सवको रुपमा मनाउँदै आएकोले आम पोखरेली बासीले यसलाई सकारात्मक रूपले बुझेर असारे रोपाई लाई सफल बनाउन सबै तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो

आजको वैज्ञानिक युगमा आएर पनि भावी पुस्ताहरूलाई पुर्खाहरूले गर्दै आएको कृषि प्रणाली देखाउन र जीवन्त राख्नको लागि विभिन्न माध्यमबाट आफ्नो परम्परा जोगाउँदै आएको र खासगरी पर्यटकीय सहर पोखरा भएको परिवेशमा पोखराको सौन्दर्यलाई जोगाउन र त्यसको चुनौतीलाई स्वीकार्दै अगाडि बढ्नुपर्ने परिवेशमा रोपाई महोत्सवलाई निरन्तरता दिन लागिएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ले २०औँ  असारे रोपाई महोत्सवले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने र २०२५ भ्रमण वर्षलाई सफल बनाउने पोखरा सबै मौसमका लागि भन्ने नारालाई सार्थक बनाउने र रोपाई महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई धेरैभन्दा धेरै भित्र्याउने , कृषकहरूलाई प्रोत्साहन तथा सम्मान गर्ने आफ्नो पेशाप्रति सम्मान गर्न सिकाउने नयाँ पुस्तालाई मौलिक परम्परागत कृषि प्रणालीको जानकारी गराउने र लुकेर बसेको सुन्दर गुदेतालको संरक्षण गर्ने लगायत यसका आसपासमा पर्यटकीय गन्तव्यहरूको प्रवर्धन गर्ने मान्यताका साथ यस महोत्सव गर्न लागिएको जानकारी दिनुभयो।

त्यस्तैगरी असारे १५ मा हुने स्थानीय विभिन्न आमा समूहहरूबाट गाइने असारे गीतहरू विभिन्न फरक फरक किसिमका खेलहरु र नेपाली खानाहरु  लगायत ख्याति प्राप्त राष्ट्रिय कलाकार हरू चिज गुरुङ, शिवहरी ढुङ्गाना , लगायत मधु थापा मगर लगायतको बेजोड प्रस्तुति हुने जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: