Worldlink Communications

योग विज्ञानकी प्रशिक्षक एवं सामाजिक व्यक्तित्व बिना दिदीको दुखद निधन

असार १५,पोखरा

पोखरा १६ बाटुलेचौर निवासी योग विज्ञानकी प्रशिक्षक विना केसी खवासको निधन भएको छ ।

बाटुलेचाैर कालिलेक बचत तथा ऋण सहकारि संस्था काे कार्यसािति सहसचिब विना खवासको ५९ वर्षको उमेरमा शनिबार बेलुका आफ्नै निवासमा निधन भएको थियो।

लामो समयदेखि अस्वस्थ रहनुभएकि उहाको आइतबार धार्मिक परम्परा अनुसार लामाचौरस्थित सती नर्वदा घाटमा अन्त्येष्टि गरिएको हो ।

घरबाट सुरु भएको शवयात्रा घाटमा पुगेर शोक सभामा परिणत भएको थियो । सबै को दिदि विनाप्रति स्थानीयले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो।

स्वर्गीय बिना खवास दिदिको श्रीमान र २ छोरी हुनुहुन्छ हिमालय योग साधना केन्द्रकी योग प्रशिक्षक रहनु भएको उहाको निधनले विशेषगरी पोखरा १६ र त्यस क्षेत्रको सामाजिक तथा योग साधनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

यस दुखद घडीमा परिवर्तन न्यूज डटकम को तर्फदेखि  स्वर्गीय दिदीको आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गमा बास भएको होस् भन्दै परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस।

प्रतिक्रिया दिनुहोस्: