Worldlink Communications

कुमुदिनीमा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणामूलक  कार्यक्रम सम्पन्न

असार १६, पोखरा

पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा अभिभावकसहित कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम गरिएको छ ।

“अभिभावकको महत्व र विद्यार्थीहरु भविष्यका नेतृत्वकर्ता हुन्” भन्ने विषयमा कार्यक्रममा अन्तराष्ट्रिय उत्प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले भविष्यमा सफल व्यक्ति बन्नका लागि विद्यार्थी, विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण भएको बताउनुभयो।

सफलता सजिलै प्राप्त हुन सक्दैन । सफलता प्राप्त गर्नका लागि त्रिपक्षीय  सम्बन्ध र कर्म आवश्यक हुन्छ । जीवनमा सफलता चाहने हो भने मेहनत र असल कर्म नै गर्नुपर्ने हुन्छ भन्दै हामीले जस्तो कर्म गर्छौं फल पनि त्यस्तै प्राप्त हुन्छ भन्नुभयो असल कर्मले मानिसलाई  खुसी प्राप्त हुने, शान्ति र समृद्धिको ढोका खोल्ने बताउनुभयो।

उत्प्रेरक अधिकारीले मानिसहरु अहिले सबै मा बेचैनी छ । त्यो बेचैनी सबै उमेर तहकाहरुमा भएको बताउनुभयो । त्यसलाई आफैंले हटाउन सकिन्छ । खराब खानपान, लवाईखवाई, आनीबानीले धेरै पैसाको खर्च गराईरहेको अवस्थामा जीवनमा सफलता पाउन, खुसी ल्याउन र समृद्धिको ढोका खोल्न केही खर्च गर्नुपर्दैन । आफैले चित्त शुद्ध बनाउनु पर्‍यो । आत्मालाई अर्थात् चेतनालाई बढाउनु पर्‍यो र खराब आचरणहरुलाई हटाएमा नसोचेको सफलता मिल्ने बताउनुभयो ।

अभिभावक, विद्यार्थी र शिक्षक सबैमा सकारात्मक सोंच हुन आवश्यक भएको ले मानिस स्वावलम्बी  बन्नुपर्ने, सामाजिकि करणमा ध्यान दिनुपर्ने र वाणीको ज्ञानभन्दा पनि आत्मशुद्धि र आचरणको ज्ञानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

एउटै खराब शब्दले जिन्दगी अँध्यारो र बर्बाद बनाइदिन सक्छ । छोराछोरीले गल्ती गरिहाले भने त्यो गल्तीको निदानको लागि सकारात्मक शब्दको प्रयोग र उत्प्रेरणा चाहिने बताउनुभयो । बच्चाले जानेका छैनन् भनेर नभनौं  एआईको आईसक्यो हामीभन्दा विद्यार्थी र उनीहरुको सोंच फराकिलो भईसकेको छ हामीले उनीहरूलाई कम आँक्नु हुँदैन भन्नुभयो ।

अधिकारीले संसारमा आउने बाटो एउटै भएको र त्यो बाटो आमा भएकोले आमा बाबालाई नै ईश्वर मान्ने, शिक्षाको उज्यालो बाटो देखाउने शिक्षक र विद्यालय साक्षत् भगवान र भगवानको मन्दिर भएको बताउनुभयो । केही काम गर्दा, कसैलाई भेट्दा धन्यवादको संस्कारको विकास गर्न, आफ्नो काम आफैं गर्न र स्वावलम्बी बन्न सबैलाई अनुरोध गर्नुभएको थियो ।

मैले सोचिरहेको थिएँ कि यो विद्यालय कस्तो होला ? जब यहाँ आएर अवलोकन गरें मैले नसोचेको र धेरै ज्ञान पनि पाएँ । विद्यालयले चाहेपछि सबै सम्भव पनि हुने रहेछ । हरियाली वातावरण, कला, संस्कृतिको झझल्को, परम्परागत बस्तुहरुको संग्रह र चिनारी, अत्याधुनिक ल्याव, कलाकृतिको संग्रहालय, पुरानो नेपाली शैलीको भवन, भर्खरै नतिजा आएको एसइईमा ४ जिपिए सहित उत्कृष्ट नतिजाले मन धेरै प्रफुल्ल भयो । सायद अभिभावक लाई पनि त्यस्तै भयाे हाेला। मैले धेरै कुराहरु भनुँला भनेको त यहाँ अगाडिबाट नै विद्यालय पढाइका साथमा अतिरिक्त क्रियाकलाप, मोटिभेसन लगायतका कार्यका लागि उत्कृष्ट रहेछ भन्दै अधिकारीले खुसी व्यक्त गर्नुभयो। ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले साँढे तीन दशक देखि संचालनमा रहेको विद्यालयको एउटै लक्ष्य सधैँ कसरी उत्कृष्ट बन्ने भन्ने नै रहेको बताउनुभयो । सधैं उच्च लक्ष्यका साथ अगाडि बढिरहेकोले पढाइ होस् वा राष्ट्रका भविष्यका नेतृत्वकर्ता, असल नागरिक बनाउनका लागि गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने भन्दै अशोकमा लेखेको प्रशंसा गर्नुभएको थियो ।

पालिखेले यस अगाडिका व्याचका सलाेन श्रेष्ठ लगायतका विद्यार्थी हरु एशियामै उत्कृष्ट मानिने पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्कूलरसिपमा पढिरहेका, कोही नर्सिङ र कोही आईटीका क्षेत्र र विदेशमा पनि स्करसिपमा अध्ययन गरिरहेका बताउनुभयो ।

हामीले चाहे अनुसारको विद्यार्थी उत्पादन गरिरहेका छौं भन्दै फेवातालमा गएर चम्चामा, कटौरा, गिलासमा, अम्खोरामा पानी ल्याउने होइन त्यहाँबाट गाग्री र घैंटोभरि पानी ल्याउने विद्यार्थी उत्पादन गर्ने हाम्रो उद्देश्यलाई  विद्यार्थीले ध्यान दिँदै अगाडि बढ्नुपर्छ भन्दै विद्यार्थीले मेहनत गर्नुपर्ने  बताउँदै विद्यार्थीमा भएको  खराब कुराहरुको पोकोलाई निस्तेज पार्न इन्जेक्सनले नभई पढाइ, लेखाइ र आत्मविश्वास सहितको मेहनतले नै लक्ष्यमा पुग्न सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: