रसुवाको नेपाल–चीन जोडने मितेरी पुल बाढीले बगायो

असार २४, पोखरा
हिजो परेको अविरल वर्षाको कारणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको छ ।
पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन ।बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ भने ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गएको उहाले बताउनु भयो।