Worldlink Communications

त्रिशुली नदीको किनारामा एक पुरुषको शव भेटियो

असार २६, पोखरा

चितवन जिल्लाको इच्छा कामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ।

त्रिशुली नदीमा पुरुषको शव देखिएको सूचनाको आधारमा गएको  सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस भालुढुङ्गाबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का गरी भरतपुर जिल्ला अस्पताल पठाइएको जनाएको छ।

करिब ४०/४५ वर्षको पुरुषको सब फेला परेको शवको भने पहिचान हुन सकेको छैन। शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ।

यसैगरी बुधबार म्याग्दी, मालिका गाउंपालिका-३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता १३ वर्षका सरोज विकको आज बिहीबार फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: