Worldlink Communications

जिल्ला कारागारमा बन्दीहरुले टायर बालेर प्रदर्शन

साउन ५ पोखरा

चौकीदार नियुक्तिमा असहमति जनाउदै कास्की जिल्ला कारागारमा बन्दीहरुले टायर बालेर प्रदर्शन गरेका छन।

कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दी हरूले पहिलेकै चौकीदार प्रकाश गुरुङलाई पुनः नियुक्त गर्न माग गरिरहेको समयमा कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई नयाँ चौकीदारका रुपमा नियुक्त गर्ने निर्णय गरेपछि त्यसको विरोधमा कैदीबन्दीहरूले नाराबाजी गरेका हुन।

कारागारका सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार आन्दोलन शान्तिपूर्ण छ भने पनि कारागार भित्र उनीहरुले टायर पनि बालेर विरोध जनाएका छन् । कारागारभित्र रहेका कैदीबन्दीहरू दुई गुटमा विभाजित भएका छन् । अजय गुरुङको समर्थनमा एउटा समूह छ भने बाहिर नाराबाजी गर्नेहरू प्रकाशका समर्थक हुन् ।

कुँवरका अनुसार प्रकाश पक्षधरको संख्या धेरै देखिएको छ । कास्की कारागारको ‘क’ ब्लकमा हाल चार सयभन्दा धेरै कैदीबन्दी छन् । कारागार विभागले गरेको निर्णय परिवर्तन हुने सम्भावना नरहेको उहाँको भनाइ छ ।

सकेसम्म प्रशासनको तर्फबाट कैदीबन्दीहरूलाई सम्झाउने बुझाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। ‘यस्तो घटना म आएपछिको यो पहिलो हो । यसअघि यस्तो आन्दोलन भएको थिएन, धेरै कैदीबन्दीहरूले चाहे अनुसार नै हामीले गर्नेछौं भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्: