नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे

साउन ७, पोखरा
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा आज पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की र गण्डकी प्रदेशको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं ८, न्यूरोडस्थित बराल फर्निचर उद्योगको अगाडी आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष युवराव पौडेलले पहिलो रक्तदाता रामजी प्रसाद तिवारीलाई व्लड व्याग हस्तान्तरण गरेर रक्तदान सुरु गरिएको थियो ।
पौडेलले व्यवसायीहरु विविध समस्याकाबीच सामाजिक सेवाका कार्यहरुमा निरन्तर संलग्न भईरहेको बताउनुभयो । रक्तदान महादान हो भन्दै यस किसिमको दानले मानवको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएको हुनाले महासंघको ११औं वर्ष प्रवेशको अवसर मा पुनित कार्य गरेकोमा संघ कास्की, प्रदेश समन्वय तथा गण्डकी लाई आभार व्यक्त गर्नुभएको थियो।
नेपाल चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उजराज वास्तोलाले मानिसको ज्यान बचाउन रगतको सट्टामा अर्को कुनै चिज नभएकोले रक्तदान कार्यक्रम गरेर जिवन बचाउने महत्वपूर्ण अभियानमा लागेकोमा खुसी व्यक्त गर्नुभयो। सरकारले व्यवसायीका पीरमर्काहरुलाई मसिनो गरि हरेको बताउनुभयो । उहाले व्यवसायी सबैलाई एकतावद्ध भएर लाग्न आग्रह गर्दै बैंकको व्याज र घरभाडाका समस्याहरु नसुल्झिएको लाइ सुल्झाउन महत्वपूर्ण भूमिका खेलिने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष वलराम आचार्यले व्यवसायीहरुले व्यवसाय गरेर नाफा मात्रै होईन समाजप्रति उनिहरु को उत्तरदायित्व बसिलयो रुपमा बहन भईरहेको बताउनुभयो । उहाले व्यावसायिक क्षेत्रका समस्याहरुको बारेमा हामी सबै जानकार भएकोले संघले आफ्नो तर्फबाट खेल्ने कुनैपनि भूमिकाका लागि तयार रहेको बताउनुभयो ।
प्राविधिक सहयोग गरेको रक्त संचार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले मानवको जिवन बचाउन रक्तदानको विकल्प अहिलेसम्म तयार नभईसकेकोले रक्तदान गर्न अनुरोध गर्नुभएको थियो। हामीले योजना पनि ल्याएका छौं । सामुहिक रुपमा गर्ने कार्यक्रमहरु तिथि मितिमा भईरहन्छन् अब यसको दायरा फराकिलो बनाउनु पर्छ । हरेकले आफ्नो जन्म दिन रक्तदान गरेर मनाउनु पर्छ भन्नुभयो। यो काम हामी सिर्जनाचोकस्थित कार्यालयमा सुरु गरिसकेका छौं भन्नुभएको थियो।
कार्यक्रमका संयोजक हिरामणी पण्डितले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचलन महासचिव परमेश्वर दवाडीले गर्नुभएको थियो। कार्यक्रम संघका अध्यक्ष थोमनाथ अर्यालको अध्यक्षतामा भएको थियो ।