Top Header Ad 1

सक्रिय राजनीतिमा आउने जानकारी दिन पत्रकार सम्मेलन गर्दै-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

सक्रिय राजनीतिमा आउने जानकारी दिन पत्रकार सम्मेलन गर्दै-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

परिबर्तन न्युज
९ श्रावण २०८२ बजे
परिबर्तन न्युज
९ श्रावण २०८२

साउन ९, काठमाडौं

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहल स्थित कार्की बैंक्टमा पत्रकार सम्मेलनको आयोजना गर्ने हुनुभएको छ ।

Advertisement:Ad
Advertisement:Ad

एमालेको साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउदै पार्टीको साधारण सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँ निकट एमाले  नेताले  जानकारी दिनुभयो।

केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु संविधानको मर्म र भावना विपरीत हुने भन्दै राजनीतिमा आउन रोक लगाए पनि विद्याले आफु राजनीतिमा आउन पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीको लागि देशव्यापी राजनीतिक दौडको अभियान चलाउने विद्याको तयारी रहेको उहाँ निकट एमाले  नेताले  जानकारी दिनुभयो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज