पोखरा २४ पिपलडाली आमा समूहको तेस्रो अधिवेशन सम्पन्न

साउन १०, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २४ छिपछिपे पानी मा रहेको पिपलडाली आमा समूहको तेस्रो अधिवेशनबाट जुनुमाया अधिकारी निर्विरोध अध्यक्ष बन्नुभएको छ।
पिपलडाली आमा समूह को तेस्रो अधिवेशनका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले गर्नुभएको सो कार्यक्रमको अध्यक्षता पिपलडाली आमा समूहका अध्यक्ष शान्ति अधिकारीले गर्नुभएको कार्यक्रम लाइ भव्य र सभ्य रूपले आमा समूहकी उपाध्यक्ष शर्मिला दवाडी त्रिपाठी ले सञ्चालन गर्नुभएको थियो।
प्रमुख अतिथि वडाध्यक्ष भरतबहादुर कार्कीले आमा समूहहरू भन्ने बित्तिकै पछाडि परिएका आमा दिदी बहिनीहरू जागरुक भएर खोलिएको अर्थात् निर्माण गरिएको संस्थाको रूपमा चिनिन थालेको ले अबका आमा दिदीबहिनीहरु बोल्न सक्ने हुनुपर्छ भन्नुभयो। वडाको तर्फबाट समय समयमा आमा दिदी बहिनीहरूको क्षमता अभिवृद्धिको लागि बोल्ने कार्यक्रमका तालिमहरु दिइएको कारणले नै आज महिला दिदीबहिनीहरु बोल्न सक्नुभएको
अधिकारका कुरा गर्न सक्नुभएको छ भन्नुभयो। जसले आफ्नो आमा दिदीबहिनीहरू को वृति विकास भएको मैले महसुस गरेको छु भन्दै आगामी दिनमा पनि आमा दिदी बहिनीहरूको वृत्ति विकासको लागि धेरै कार्यक्रम ल्याउने जसमा तपाईहरुको सक्रिय भूमिका रहनु पर्छ भन्नुभयो।
कार्यक्रममा उपस्थित सबैलाई कल्पना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सफलताको शुभकामना कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, नेपाली कांग्रेसका जिल्ला कमिटीका सदस्य डिल्लीराम भट्टराई नेपाली कांग्रेस वडा पार्टी अध्यक्ष प्रताप कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा करिब २५ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको सो कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको थियो।