Worldlink Communications

लायन्स क्लब अफ पोखरा फेवा फुलबारी द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

साउन ११, पोखरा

लायन्स क्लब अफ पोखरा फेवा फुलबारीले पोखरा महानगर पालिका वडा न. १९ घार्मी डाँडामा विभिन्न जातका करिब ३० वटा फलफुलका बिरुवा  वृक्षारोपण गरेको छ।

कार्यक्रम क्लबका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो।

ब्यानरमा हस्ताक्षर र फूलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएका प्रमुख अतिथिले आफ्नो प्रमुख अतिथि या मन्तव्य दिँदै लायन्स क्लबहरू भनेका इज्जतीला मानप्रतिष्ठा भएका सारगर्मित संस्था भएको हुनाले आफ्नो साख जोगाउन आफ्नो इज्जत जोगाउन र भावी पुस्तालाई पनि चिनाउनको लागि घार्मिकको यस डाँडालाई लायन्स क्लब अफ पोखरा फेवा फूलबारी पार्क बनाउनुपर्छ यसको लागि वार्डबाट के गर्नुपर्छ म गर्छु भन्नुभयो।

संस्थाका जिम्मेवार व्यक्तिहरू प्रजापति बास्तोला महेश श्रेष्ठ लगायतले बिरुवा रोप्नु बिषय ठूलो नभएको यसलाई जोगाउन महत्वपूर्ण कुरा भएकोले आगामी दिनमा बिरुवा रोप्ने मात्र नभई गोडमेलमा पनि सहभागिता हुने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई संस्थाका पूर्व अध्यक्ष कुन्दनराज शर्माले विगत सात वर्षअघिदेखि यस क्षेत्रमा बिरुवाहरू वृक्षरोपण गरेको भएपनि अहिलेसम्म बिरुवा हुर्कन नसकेको दुखेसो व्यक्त गर्दै आगामी दिनमा के के कमजोरी भएको हो ती सबैलाई मध्यनजर गर्दै बिरुवाहरुलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई स्वागतम स्वागत गर्नुभएको थियो।

यस्तैगरी पूर्व अध्यक्ष संजय थापाले क्लबहरूले वृक्षारोपण कार्यक्रम गर्नु भनेको कर्तव्य पूरा मात्र नभई केही कुरा सिकाउन खोजिएको र यसलाई सबैले मनन गर्दै रूपिएका बिरुवाहरू संरक्षण गर्नुपर्नेमा विशेष जोड दिदैँ स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका अन्तमा अध्यक्ष मन्तव्य सहित आफ्नो मन्तव्य राख्दै अध्यक्ष गोविन्द अधिकारीले कार्यक्रममा स्थानीयहरूको सहभागिता लाई महत्त्व दिँदै यस एरियामा रहेका विभिन्न आर्थिक स्तर कमजोर भएका विद्यार्थी भाइबहिनीहरूलाई स्टेसनरी सामग्री वितरण गरिएको थियो भने मन्दिरका लागि विभिन्न सामग्रीहरु प्रदान गरेको थियो ।

वृक्षरोपण कार्यक्रमकार्यक्रम मा सहभागी हुनको लागि उपस्थित सबै स्थानीय र क्लबका व्यक्तित्वहरूलाई सिम्बोलिक घन्टी बजाएर वृक्षरोपण कार्यक्रममा सहभागी हुनको लागि अनुरोध गर्दै आगामी दिनमा पनि वृक्षारोपण कार्यक्रम मात्र होइन हामीले लगाएका बिरुवाहरूलाई मलजल सहित जतन गर्ने कार्यक्रमलाई महत्व दिइने जानकारी दिदै  कार्यक्रम समापन भएको घोषणा गरिएको सो कार्यक्रमलाई भव्य र सभ्य रूपले संस्थाका सदस्य दिवस पौडेलले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: