Worldlink Communications

तीन सन्तान जन्माउने आमाबाबुलाई वार्षिक २ लाख रूपैयाँ दिइने

साउन १३,पोखरा

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्या समाधान गर्न नयाँ योजना घोषणा गरेको छ।

सरकारले सोमबार घोषणा गरेको नीतिअनुसार अब चीनमा तीन वर्षमुनिका बालबालिकाका लागि अभिभावकलाई हरेक वर्ष प्रति बच्चा ३६०० युआन (झण्डै ७० हजार रुपैयाँ) अनुदान दिने जानकारी दिएको छ।

चिनिया सरकारको योजनाअनुसार अभिभावकले एउटा बच्चाको लागि तीन वर्षसम्म कुल १० हजार ८०० युआन पाउनेछन्। यदी तीनजना बच्चा भएमा यो रकम तीन गुणा अर्थात् ३२ हजार ४०० युआनसम्म पुग्ने बताइएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार नयाँ नीतिले करिब २ करोड परिवारलाई आफ्ना सन्तान पालनपोषणमा राहत दिनेछ भने  यो कार्यक्रम लामो समयसम्म लागू गरिएको ‘एक सन्तान’ नीतिलाई करिब एक दशकअघि अन्त्य गरिए पछि चीनको जन्मदर निरन्तर घट्दो अवस्थामा रहेकोले चीन सरकारले घट्दो जन्मदरलाई सामन्जस्य ल्याउनको लागि यस किसिमको नयाँ योजना ल्याएर समस्यालाई सम्बोधन गर्न खोजिएको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्: