वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक

वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक

परिबर्तन न्युज
१६ श्रावण २०८२ बजे
परिबर्तन न्युज
१६ श्रावण २०८२

साउन १६, पोखरा

वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकको आमा विष्णुमाया खनालको ९० वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो ।

Advertisement:Ad

९० वर्षकी आमा विष्णुमाया सामान्य बिरामी भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घरमा आराम गराइरहनु भएको भएपनि आज बिहान उहाँको हृदयघात भई निधन भएको बद्री विनोद प्रत्येकले जानकारी दिनुभयो।

उहाको अनुसार स्वास्थ्यमा त्यस्तो जटिल रोग केही पनि थिएन गएराति पनि आफैँले खाना खाएर सुत्नु भएको भएपनि। आज एक्कासि जानु भएको ले हामी सबैलाई साह्रै दुःखी बनाएको बताउनुभयो।

स्वर्गीय आमा विष्णुमायाका ५ भाइ छोरा र २ बहिनी छोरी हुनुहुन्छ ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत रहि सक्नु भएका स्वतन्त्रता सेनानी बद्रीविनोद जेठा हुनुहुन्छ भने माहिला रामजी, साहिँला सुरेन्द्र, काहिँला केदार र कान्छा प्रेमविनोद खनाल हुनुहुन्छ त्यस्तैगरी छोरीहरू तुलसी पराजुली र सरिता बास्तोला हुनुहुन्छ।

बद्री विनोद प्रतिक परिवारको मूल घर कास्कीको रुपामा भएपनि स्वर्गीय आमा विष्णुमाया काहिँला छोरासँग पोखराको लालीगुराँस टोलमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज