Worldlink Communications

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार आमा समूहहरूको दौड सम्पन्न

साउन १७, पोखरा

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ ।

रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ ।

चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अ‍ेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए ।३ किलोमिटर दूरीको उक्त दौडमा पाँच सयभन्दा बढी महिला हरूले सहभागिता जनाउनुभएको थियो ।

पोखरा रंगशालामा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गर्नुभएको थियो भने महिलाहरूको मैदानमै सक्रियता समाज रुपान्तरणको आधार बन्ने बताउनुभयो।

आमा सुमह दौडमा हरि कुमारी श्रेष्ठ पहिलो, विष्णु कुमारी ठकुरी दोस्रो, रिया गुरूङ तेस्रो, सूर्यकला थापा चौथो, राधिका थापा पाँचौ स्थान बनाउन सफल हुँदा । त्यस्तै छैटौ देखि १० औं स्थान सम्म क्रमश झगदेबी बुढा, मधु देवकोटा, सिता तामाङ, सरिता जिशी र विमला केसी बन्नुभयो ।

छात्र ५ किमि छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७.३१ मिनेटमा दौड पुरा गरी पहिलो हुँदा बराह माविका शुस्मन ढुङ्गानाले १७.४१ मिनेटको समय लिंदै दोस्रो तथा माछापुच्छ्रे माविका राजिव बास्तोलाले १८.३३ मिनेटको समय खर्चिदै तेस्रो स्थान प्राप्त गर्नु भएको थियो।

दौडमा माछापुच्छ्रे माविका प्रवेश परियार चौथो र हिमालय कलेज का दिपेन्द्र नेपालीले पाचौ स्थान प्राप्त गरे ।त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो भयो। मेघराज मा.वि.की उहाले आफ्नो दौड २१.०२ मिनेटमा पुरा गर्नुभएको थियो भने दोस्रो हुनुभएको गौरीशंकर मा.वि.को कविता मगरले २१.३८ सेकेण्डमा दौड पुरा गरेकी थियो।

त्यस्तै महेन्द्र मा.वि.को सोनिया नेपालीले २१.५२ मिनेटको समयमा तेस्रो स्थान प्राप्त गर्नुभएको सोदौड कार्यक्रममा सरस्वती टिका स्कुलकी शाकिरा परियार चौथो र कोपिला चिल्ड्रेनकी आशा केसी पाँचौ स्थान प्राप्त गर्न सफल हुनुभएको थियो  ।

आयोजक खेलाडी मञ्च द्वारा बिजेता सबैलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: