Worldlink Communications

गोरखाबाट नारायणगढका लागि गुडेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

साउन १८,तनहुँ

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । मुग्लिन -पोखराको आबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा आइतबार दिउँसो बा २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको छ ।

तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका ५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।एक जनालाई चितवनको सीएमसी र अन्य चार जनालाई उपचारका लागि आँबुखैरेनी पठाइएको बताउनुभयो।

गोरखाबाट नारायणगढका लागि गुडेको यात्रुवाहक बस चितवनको नारायणगढ तर्फ जाने क्रममा ऐना पहरामा ड्राइभरले बस साइड लगाएर रोकेको समयमा कोहि ओर्लेर फोटो खिच्न थालेका र केही बसभित्र नै बसेको समयमा सहचालकले बसमा ओट लगाउन बिर्सेका कारण बस अचानक गुडेर मर्स्याङ्दीमा खस्न पुगेको प्रारम्भिक भनाइ छ यसबारे थप अनुसन्धान भइरहेको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा छ । यात्रुहरूको उद्धार कार्य जारी रहेको र बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्: