विरेन्द्रमा मेमोरियल माध्यमिक विद्यालयद्वारा एकदिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

विरेन्द्रमा मेमोरियल माध्यमिक विद्यालयद्वारा एकदिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
२२ श्रावण २०८२ बजे
परिबर्तन न्युज
२२ श्रावण २०८२

साउन २२, पोखरा

पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ स्थित वीरेन्द्र मेमोरियल  माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

Advertisement:Ad

शिविरमा हिमालय आँखा अस्पतालका  चिकित्सकहरूको टोलीले करिब ३०० जना विद्यार्थी, शिक्षकको आँखाको परीक्षण गरेको थियो । शिविरमा आँखासम्बन्धी सामान्य रोगहरूको पहिचान, चस्माको नाप जाँच, र आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।

कार्यक्रमको आयोजना लियो क्लव अफ सिल्भर माउन्टेनस् कास्की को सहकार्यमा गरिएको जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक सन्तोष लामिछानेले यस प्रकारको स्वास्थ्य जाँचले विद्यार्थीहरूको पढाइमा समेत सकारात्मक प्रभाव पर्ने बताउनु भयो।

शिविरमा जाँच गराइएका केही विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई थप उपचारका लागि हिमालय आँखा अस्पतालमा सिफारिस गरिएको हिमालय आँखा अस्पतालका चिकित्सकहरूले बताउनु भएको थियो भने विद्यार्थीहरूले यस किसिमको  शिविरले अस्पताल कै स्तरमा थप गुणस्तरीयता र विश्वसनीयता सहित स्वास्थ्य सेवा पाएको व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज