नेपाली कांग्रेस पोखरा २४ को अगुवाइमा मृगौला पीडितलाई सहयोग

साउन २३,पोखरा
पोखरा महानगरपालिका वडा न. २४ देउराली नेपाली कांग्रेस पार्टी को अगुवाईमा मृगौला पीडित ३५ वर्षीय तीर्थ जिसी लाई सहयोग रकम हस्तान्तरण गरेको छ।
मृगौला पीडित तीर्थ जि सी कै घरमा गइ कांग्रेस पोखरा २४ ले नेपाली काङ्ग्रेस जिल्ला उपसभापति युवराज कुँवर ,पोखरा २४ का पार्टी अध्यक्ष प्रतापबहादुर कार्की , वडाध्यक्ष भरतबहादुर अधिकारी लगायत स्थानीयहरूको रोहबरमा नगद ५ लाख ५५ हजार ५ सय पन्चानब्बे रुपैयाँ हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रतापबहादुर कार्कीले सात लाख रुपैयाँ तिर्थ जि सी को खातामा जम्मा भइसकेको छ भने १ लाख रुपैयाँ प्रदेश सरकारबाट भदौमा पाउने भइसकेको र अहिले नगद करिब ६ लाख जम्मा गर्दा करिब १३ लाख रुपैयाँ हस्तान्तरण हुने भएको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष भरतबहादुर अधिकारीले राज्यले गर्न नसकेको ,राज्य पुग्न नसकेको अवस्थामा मृगौला पीडित तीर्थ जिसी “बचाउ अभियान”को क्याम्पेन गरेर पीडितलाई सहयोग गर्नको लागी महत्वपूर्ण भूमिका खेल्नु भएका यस अभियानका अभियन्ता एवम सामाजिक व्यक्तित्व तथा नेपाली कांग्रेस २४ का सचिव केशव राज दवाडीले गर्नुभएको सफल कार्यको खुलेर प्रशंसा गर्नुभयो। साथै यस किसिमको अभियानलाई विश्वास गर्दै पोखरा २४ देउराली घर भै हाल बेल्जियम बस्दै आउनुभएका शिव प्रसाद सुवेदी द्वारा पीडितको जीवन रक्षार्थ करिब ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउन सक्नुभएकोमा शिवप्रसाद सुवेदीको पनि खुलेर प्रशंसा गर्नुभयो।
कार्यक्रम सञ्चालन गर्नुभएका नेपाली कांग्रेस वडा न. २४ का सचिव केशव राज दवाडीले यो अभियान नेपाली कांग्रेस वडा न.२४ को अगुवाइमा सञ्चालन गरेको भएपनि यस अभियानलाई सफल बनाउनको निम्ति सबै पार्टी, सबै संघसंस्था र सबै देशविदेशमा रहनुभएका आदरणीय व्यक्तित्वहरूको उत्तिकै महत्वपूर्ण भूमिकाले नै यति रकम संकलन हुन सकेको बताउँदै सम्पूर्ण सहयोगी मनहरू सबै पार्टी सबै संघसंस्थाका सम्पूर्ण व्यक्तिहरुलाई हृदयदेखि नै आभार प्रकट गर्दै खुसी सहित धन्यवाद व्यक्त गर्नुभएको थियो।
करिब २०/२५ जना वार्डका विभिन्न पार्टीका सहयोगी लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा भएको सो कार्यक्रम वार्ड पार्टी अध्यक्ष प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम पार्टी सचिव केशवराज दुवाडीले सञ्चालन गर्नुभएको थियो।