पोखरा २० ले जनताको घरदैलोमा सेवा प्रवाह गर्दै

साउन २५ , पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २० ले आफ्ना वडाभित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका र बालबालिकाहरू लाई टोलटोलमा गई विभिन्न कागजपत्र बनाउने सहयोगी काम गरेको छ।
विगत वर्षहरूदेखि नै गर्दै आएको कार्यालय यस वर्ष पनि पोखरा महानगरपालिका वार्ड नं २० ले आफ्नो वडाभित्र रहेर पनि विकट महसुस गरिएका महोरिया, लामाडाँडा मौजा, काफलडाँडा, आर्टीघर, हात्तीगौंडा, मन्छाप, खुम्रे, विजयपुर, डाँडागाउँ बिसाउना, लगायतका टोलटोलमा गई विभिन्न प्रकारका सेवा सुविधा उपलब्ध गराइरहेको पोखरा महानगरपालिका वडा नं १९ का एप मलवडाध्यक्ष गंगा बहादुर के सी ले जानकारी दिनुभयो।
जनप्रतिनिधि गञ्जमान गुरुङका अनुसार खासगरी पोखरा महानगर पालिका भलाम- २० महानगरपालिका भएपनि यसभित्रका कथा व्यथाहरू फरकफरक भएको हुनाले हामीले सो विकटतालाई निकटता ल्याउनको लागि यस स्थानहरूमा बसोबास गर्दै आउनु भएका जेष्ठ नागरिक वृद्ध वृद्धा आमाबुबाहरु अपाङ्गता भएका ब्यक्तिहरु र बालबालिकाहरूको टोलटोलमा गएर उहाँहरूको परिचयपत्र नवीकरण गर्ने देखि लिएर स्वास्थ्य परीक्षण गर्नेसम्मका कार्यहरु गर्दै आएको र कार्यक्रम लाई निरन्तरता दिएको बताउनु भयो।
पोखरा २० भलामको मौजाको हरेक टोलटोलमा सिङ्गै वडा परिवार, स्वास्थ्यकर्मी परिवार तथा कार्यालय परिवार सबै आआफ्नो सबैले जिम्मेवारी लिएर जनसेवामा हाजिर हुन जानुभएको ले नै ती यी सबै कार्यक्रमहरू सफल भएका हुन्।