Top Header Ad 1

नवआदर्श सामुदायिक विकास समाजमा जोडियो हिमश्री फुड्स

नवआदर्श सामुदायिक विकास समाजमा जोडियो हिमश्री फुड्स

परिबर्तन न्युज
२७ श्रावण २०८२ बजे
परिबर्तन न्युज
२७ श्रावण २०८२

साउन २७,पोखरा
नवआदर्श सामुदायिक विकास समाज पोखराले  गर्न लागेको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्था भनेर सहजै चिन्न सकिने नवआदर्श सामुदायिक विकास समाज पोखरा को आफ्नै चिनारी भएको सस्था हो  सोही संस्थाको महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो ।

Advertisement:Ad

सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो ।

नव आदर्श सामुदायिक विकास समाजलेआगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी मा वि परिसरमा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि गर्दै आएको छ।

भलिबलको अर्को इभेन्ट अन्तर मा वि छात्रा भलिबललाई एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरिसकेको छ । महोत्सव पहिलो दिन अन्तर महिला समूह तीज गीत प्रतियोगिता सुरु हुनेछ भने दोस्रो दिन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने अध्यक्ष भण्डारीले  परिबर्तनन्यूज डट कम लाइ बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज