लामाचौर कप खुल्ला पुरुष तथा अन्तर मा. वि छात्रा भलिबल प्रतियोगिता हुने

भाद्र २, पोखरा
मौलिक सस्कृक्तिको जर्गेना गरौ भन्ने उद्दघोधका साथ नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले सस्थाको २३ औं बार्षिकोत्सव समारोह एवं २७ औं संस्करणको लामाचौर तीज महोत्सव २०८२ को आयोजना गर्ने भएको छ।
संस्था स्थापना वर्ष २०५४ साल देखि नै निरन्तर सञ्चालन गर्दै आएको लामाचौर तीज महोत्सव यस वर्ष पनि महिलाहरुको महान पर्व हरितालीका तीजको पावन अवसरमा भाद्र ८. ९ र १० गते श्री इन्द्र राज्य लक्ष्मी मा.वि लामाचौरको प्राङ्गणमा संचालन हुने बताइएको छ ।
अन्तर महिला समुह तीज गीत प्रतियोगिता यस वर्षको लामाचौर तीज महोत्वसवमा “लामाचौर कप” खुल्ला पुरुष तथा अन्तर मावि छात्रा भलिबल प्रतियोगिता समावेश गरेका छ। विगतमा हाम्रो प्रतियोगिताबाट खेल जीवन सुरुवात गरेका खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर पुगेको र हाल हामी प्रतियोगितालाई परिमार्जन गर्दा मण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा सहित यस बर्ष अन्तर मा.वि छात्रा भलिबल प्रतियोगिता पुनः सुरुवात गरिएको जानकारी दिनुभयो। खुल्ला पुरुष भलिबलले पनि ग्रामिण भेगहरुमा ग्रासस्ट स्तरबाट खेलाडी उत्पादन र प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वास लिएका छौ। महोत्सवमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यस वर्ष पनि निरन्तरता दिईएको बताउनुभएको छ ।
महोत्सवको मुख्य प्रायोजकको रुपमा डिसहोम फाइबर नेटले साथ दिएको छ भने खुल्ला पुरुष भलिबल प्रतियोगितालाई हिम श्री फुड्स प्रा.लि को उत्कृष्ट उत्पादन रारा तयारी चाउचाउको प्याकेज प्रायोजन रहेको छ त्यसैगरि, अन्तर मा.वि छात्रा भलिबल प्रतियोगिता पोखरा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस द्वारा प्याकेज प्रायोजन गरिएको छ । महोत्सवको मुख्य सहयोगी बाँनिया सपिङ्ग सेन्टर र श्री इन्द्रराज्य लक्ष्मी मा.वि रहेका छन् । ख्याति प्राप्त लोकदोहोरी कलाकारहरु प्रकाश दुतराज, जानकी तारामी मगर, रिता थापा मगर, शिव हमाल, श्रीदेवी देवकोटा, दिपक खड्का, प्रजापती पराजुली राम्जी पौडेल, माया गुरुङ्ग, लक्ष्मी नेपाली लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने यस महोत्सवमा औधोगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने बताइएको छ।
महोत्सवमा स्नावेश गरिएको प्रतियोगिताहरुका विजेता तथा उपविजेताहरुलाई निम्न पुरस्कार व्यवस्थापन गरेको जानकारी गराउदछौ। रारा ‘लामाचौर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता को प्रथम पुरस्कार नगदी ३ लाख १ सय एघार, द्वितीय पुरस्कार नगदी १ लाख ५० पचास हजार सय ११, र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट बिधामा आर्कषक पुरस्कार रहेको छ। पोखरा एक्सपर्ट एजुकेशन “लामाचौर कप” अन्तर मा.वि भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगदी १ लाख १ सय एघार, द्वितीय पुरस्कार नगदी ५० पचास हजार १ सय ११, र सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बिधामा आर्कषक पुरस्कार रहेको छ।
त्यसरी नै तीई, गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगदी ५० हजार १ सय ११, द्वितीय पुरस्कार नगदी ३० हजार १ सय ११० तृतीय पुरस्कार नगदी २० हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ तथा सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार व्यवस्थापन गरेका छौ। अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता अन्तरर्गत प्रथम पुरस्कार नगदी ४० हजार १ सय ११, द्वितीय पुरस्कार नगदी २५ हजार १ सय ११, तृतीय पुरस्कार नगदी १५ हजार १ सय ११, सान्त्वना तीन टिमलाई ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ द्वारा पुरस्कृत गरिने छ।
महोत्सवको औपचारिक समुद्घाटन तथा लामाचौर कप भलिबल प्रतियोगिताको उद्घाटन भाद्र ८ गते हुनेछ, भने अन्तिम दिन १० गते विशेष समारोह सहित समापनको कार्यक्रम रहने व्यहोरा जानकारी गराउँदछु । पहिलो, दोस्रो तथा तेस्रो दिनको लागि प्रमुख अतिथि ज्यूहरुलाई पत्रचार भई रहेको व्यहोरा समेत अवगत गराउन चाहान्छु । शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान पुऱ्याउनु हुने अष्ठाहरुको वार्षिक रुपमा गरिने सम्मान तथा छात्रवृत्तिको, कार्यक्रम यस बर्षमा पनि निरन्तरता रहने छ।
यस महोत्सवलाई पूर्ण रुपमा सम्पन्न गर्न रु ४५ लाख रुपैया खर्च जन्मान गरिएको छ। महोत्सवबाट खर्च घटाई बाँकी रकम ऑकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गर्ने लक्ष्य लिएका छौं । हाल बजारको आर्थिक मंन्दिका कारण व्यवसायिको व्यापार व्यवसाय मारमा भएको कारण विगतका बर्षहरु जस्तो रकम संकलनमा कठिनाई भइरहेको छ तापनि व्यवसायीज्यूहरुले आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। यि विविध कारणहरुले गर्दा हामीले यो बर्ष केहि शिर्षकमा खर्च कटौति गर्न बाध्य भएका छौं तर पनि आफु सक्दो सहयोग गर्ने सम्पूर्ण सहयोगिदाता ज्यूहरु प्रति संस्था हार्दिक धन्यवाद व्यक्त गर्दछौं। विगत बर्ष भौ यस वर्ष पनि महोत्सवको संरक्षक रुपमा पोखरा महानगरपालिका १५ नं. तथा १६ नं. वडा कार्यालय रहने छन् भने अन्य सहयोगि दाता तथोः प्रायोजक ज्यूहरु सर्वं समन्वय र सहकार्य भइरहेको कुरा सहर्ष जानकारी गराइएको छ।
त्यसैगरी महोत्सव प्रवर्धकका रुपमा मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालाय, पोखरा महानगरपालिकाको कार्यालय, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रजा परिषद रहने छन् साथै पोखरा क्षेत्रका क्रियाशील सञ्चार गृह तथा सञ्चारकर्मीहरुको यस महोत्सवको प्रवंईमा महत्वपूर्ण भूमिका रहेको छ । महोत्सव सफलताका साथ सम्पन्न गर्न संयोजनकारी भूमिका निर्वाहा गरी सहबौम गर्ने संस्थाहरुमा नेपाल भलिबल संघ, प्रदेश खेलकुद परिषद मण्डकी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, जिल्ला खेलकुद विकास समिति, कास्की, जिल्ला भलिबल संघ, कास्की र पोखरा प्रज्ञा परिषद रहने छ ।
बैदेशिक रोजगार तथा शैक्षिक अध्ययनका लागि विभिन्न देशमा पुग्नु भएका यस क्षेत्रका व्यक्तिहरु तथा समाजका भगिनी संस्थाहरु अस्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगल लगायत विभिन्न देश सहित अन्य सहयोगी दाताहरुबाट सहयोग रकम संकलनको लागि समन्वय भईरहेको व्यहोरा अवगत गराउँदछु। महिलाहरुको महानयवं हरितालीका तीजको अवसरमा आयोजना हुने यस महोत्सव स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने लामाचौर कप भलिबल प्रतियोगितामा टिकट व्यवस्थापन गरेको जानकारी गराउदछौ। महोत्सवको औपचारिक कार्यक्रम भाइ ८ गतेबाट संचालन गरिने भएता पनि भलिबल प्रतियोगिताको खेल भाइ ७, ८, ९ र १० गते सञ्चालन हुनेछ भन्ने पहिलो दिनको खेलहरु अवलोकनका लागि रु १००, दोस्रो दिनका खेलहरु अवलोकनका लागि रु २०० र प्रतियोगिताका फाईनल खेलहरु अवलोकन गर्नका लागि रु ३०० को टिकट शुल्क लाग्ने व्यहोरा जानकारी गराउँदछौ। खेल अवलोकनार्थ दर्शकहरुका लागि करिब ४ हजार सिट क्षमताको अस्थाई प्याराफिटको व्यवस्थापन गरिएको छ।
यस महोत्सव सम्पन्न गर्न यस क्षेत्रका सम्पूर्ण संघ-संस्था, क्लब, आमा समूह, विद्यालय, वित्तिय क्षेत्र सहितको सहभगिता रहने गरी संस्थाका अध्यक्ष ई. दिनेश भण्डारीको अध्यक्षतामा गुल आयोजक समिति गठन गरिएको छ। खेलकुद व्यवस्थापन उपसमिति संयोजक शंकर के सी, सूचना, सञ्चार तथा प्रचार प्रसार उपसमिति संयोजक विष्णु गौतम, अर्थ संकलन उपसमिति संयोजक कमल बहादुर थापा, लामाचौर खेल मैदान व्यवस्थापन समिति तथा सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक दिल बहादुर थापा, महिला परिचालन उपसमिति संयोजक शारदा पौडेल, तीज महोत्सव संरक्षण कोषका संयोजक नविन भण्डारी, स्वागत सत्कार उपसमिति संयोजक सञ्जय कुमार अधिकारी, समन्वय विशेष उपसमिति संयोजक मिलन के सी, कार्यालय व्यवस्थापन उपसमिति संयोजक राजु बहादूर भण्डारी, बजार व्यवस्थापन उपसमिति संयोजक बल बहादुर श्रेष्ठ, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर गुरुङ्ग जेष्ठ नागरिक दिवा सेवा केन्द्र व्यस्थापन उपसमिति संयोजक रविमान सिंह भण्डारी, स्वास्थ्य तथा आकस्मिक सेवा व्यवस्थापन उपसमिति संयोजक खुशीमान गुरुङ्ग, सरसफाई व्यवस्थापन उपसमिति संयोजक रामजी सि.के, शिक्षा तथा अष्ठा सम्मान उपसमिति संयोजक बिर बहादुर थापा, युवा परिचालन उपसमिति संयोजक कुशल राना, टिकट व्यवस्थापन उपसमिति संयोजक अमिर गुरुङ ब्यावर तथा डिजिटल बोर्ड व्यवस्थापन उपसमिति संयोजक प्रकाश थापा, कौशिला ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन उपसमिति संयोजक शुशिल के.सी, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक हरि बहादुर बस्वाल, यातायात तथा पाकिंङ्ग व्यवस्थापन उपसमिति संयोजक अमृत गुरुङ्ग र खाजा तथा खाना व्यवस्थापन उपसमिति संयोजक चन्द्र बहादूर गुरुङ्ग रहने गरी २२ वटा उपसमिति गठन भएका छन् भने संस्थाका मानार्थ सदस्य, संस्कर सदस्य, संस्थापक अध्यक्ष तथा स्थानिय जन प्रतिनिधि यस महोत्सवको सल्लाहकारको रुपमा रहनु हुनेछ भने सबै जिम्मेवार प्राप्त उपसमितिहरु क्रियासिल रुपमा खटी रहनु भएको छ।